0
 स्थानीय संभावना र प्रतिभाको उजागर गर्न तनहुँको अरुणोदय ५ र ६ मा धारदी मेला भएको छ । विजयादशमी तथा तिहारको अवसर पारी शान्तिदीप युवा क्लवले मेला गरेको छ । करिव पाँच दिन चलेको मेलामा झण्डै १० हजाले सहभागिता जनाएका छन् । ‘गाउँमा थुप्रै प्रतिभाहरु छन् तर ठाउँ पाएका छैनन्’ मेला संयोजक सुनिल थापाले भने ‘पहिलो पटक गरेको विशेष मेलाले धेरै ठाउँ दिएको छ भने नयाँ प्रतिभाको प्रोत्साहन र पुरानाको सम्मान गर्ने काम गरेको छ । मेलामा भलिवल प्रतियोगिता, डोरी तान्ने प्रतियोगीता, छेलो हान्ने प्रतियोगिता तथा बृहद सांस्कृतिक कार्यक्रम भएको थियो । स्थानीय प्रतिभाहरु लाई नै समावेश गरी भएको सांस्कृतिक कार्यक्रममा हांस्यब्यङ्ग्य, नृत्य र गायन गरी २५ वटा प्रस्तुति रहेको तथा त्यसमा झण्डै सय जना कलाकार समावेस गरीएको ब्लवका अध्यक्ष घनश्याम लम्साले बताए । सामाजिक एकता र विकासका लागि पनि क्लवले गरेको मेला फलदायी रहेको समाजसेवी तथा एमाले जिल्ला कमिटी तनहुँका सदस्य भवानी शंकर लम्साले बताए । क्लवले गरेको मेला सफल पार्न गर्न गाउँका आमा समुह, बाऊ समुह र विभिन्न संघसंस्थाले साथ दिएको मेला संयोजक थापाले बताए । मेला सम्पन्न गर्न विभिन्न समिति उपसमिति गठन गरीएको प्राविधिक संयोजक डिमन थापाले बताए ।




Post a Comment

 
Top