नेपाली कांग्रेस कास्कीले नेपाली कांग्रेसका क्रियाशील सदस्य कृष्ण प्रसाद त्रिपाठीको निधन भएकोमा खुःख व्यक्त गरेका हुन् । स्व. त्रिपाठी पोखरा उप–महानगरपालिका वडा नं. २७ हेमजा निवासी हुन् । उनको यहि कार्तिक १७ गते ३२ वर्षको उमेरमा सडक दुर्घटनामा परि निधन भएको थियो । नेपाली कांग्रेस कास्कीका सभापति एवं व्यवस्थापिका संसदका सदस्य यज्ञबहादुर थापाले एक शोक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका हुन् । स्व. त्रिपाठी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ तथा तरुण दलको विभिन्न पदमा रहेर काम गर्दै आएका थिए । ‘त्रिपाठीको निधनले कास्की कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । स्व. त्रिपाठीको दिवंगत आत्माको चीरशान्तिको कामना एवं श्रद्धाञ्जलीका साथै बुबा–आमा, श्रीमती, छोरा–छोरी, दाजुभाई तथा आफन्तजनमा समवेदना व्यक्त गर्दछौं ।’–विज्ञप्तिमा भनिएको छ ।
यसैबीच गत सोमबार सडक दुर्घटनामा परि निधन भएका कास्की कांग्रेसका नेता त्रिपाठीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ कास्की कांग्रेसका पूर्व सभापति शुक्रराज शर्माले श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस अवसरमा कास्की कांग्रेस सचिव कृष्ण केसी, सदस्य देवेन्द्रकुमार शेरचन लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Post a Comment