0
गोल्डेन न्यूज संवाददाता
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीमा कक्षा १० का विद्यार्थी मिलन पौडेलद्वारा रचित दुखान्तको वेदना नामक कथा संग्रहको विमोचन कार्यक्रम शनिबार विाद्याश्रम प्रांगणमा सम्पन्न भएको छ । पुस्तकको विमोचन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका श्रोत व्यक्ति मोहदत्त पोख्रेलले ज्ञान र विज्ञानको चरम दुरुपयोग हुँदा संसारमा ठूला ठूला दुर्घटना हुने गरेको बताउँदै संस्कृत शिक्षाले मात्र जीवनमा सही मार्ग मिल्ने बताए । पोख्रेलले सानै कृति लेखक पौडेलले उमेरदेखि साहित्यिक रचनाको यात्रा प्रारम्भ गरेकोमा खुसि व्यक्त गर्दै संस्कार र संस्कृतिको जगेर्ना हामी सबैले गर्नुपर्नेमा जोड दिए । विद्याश्रमका संस्थापक अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले संस्कृत शिक्ष पढ्दैमा पण्डित र पाण्डित्य पेशामा जानु भन्ने नभई त्यस विषयमा पारंगत हुनु भन्ने बुझ्नुपर्ने बताए । उनले वैदिक संस्कृत शिक्षाको अवहेलना हुँदा साक्षर समाजमा समेत विकृति विसंगति फैलिदै गएकोमा चिन्ता व्यक्त गरे । विद्याश्रममा आधुनिक तथा संस्कृत शिक्षा दुवै विषयमा अध्ययन अध्यापन हुने भन्दै उँहाले कृति लेखक पौडेलले लेखेको कृतिको समेत समिक्षा गरेका थिए । विद्याश्रम कार्यसमिति अध्यक्ष भगवती अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्याश्रमका प्रमुख संरक्षक अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायले आशिर्वाद दिनुभएको थियो भने विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष मणिरत्न अधिकारी, विद्याश्रमका प्रधानाध्यापक श्रीराम तिमिल्सिना, विद्याश्रम बालक्लवका अध्यक्ष विशाल पौडेल, कृति लेखक मिलन पौडेल, शिक्षक यमप्रसाद तिमिल्सिना लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top