कास्कीको मिजुरेडाँडा गाविस वडा नं. २ नागीधार गाउँमा च्याउ उत्पादन शुरु भएको छ । नागीधार गाउँमा क्रियाशिल स्थानीय वार्दी खोला आयआर्जन समूहले सो उत्पादन शुरु गरेको समूहका सदस्य कैलाश गुरुङले जानकारी दिए । उत्पादित च्याउ हाल नागीधार र मिजुरेडाँडा गाविसमा प्रति केजी २ सय का दरले स्थानीय गाउँघरमै विक्रीवितरण भइरहेको समूहका सचिव डिल्लीराज गिरीले बताए । असल छिमेकी नेपालद्वारा सञ्चालित कास्की सामुदायिक विकास परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा नागीधारमा गठित वार्दी खोला आयआर्जन समूहले असोज २० गते सो कन्ये जातको च्याउको वीउ राख्ने काम शुरु गरेका थिए । वीउ राखेको ४ हत्तको छोटो समयमै उत्पादन शुरु भएपछि समूहका सदस्यहरु खुसीका साथै च्याउ खेती गर्न उत्साहित समेत भएका छन् । नागीधार गाउँका स्थानीय ३० जना कृषकहरुको सो वार्दी खोला आय आर्जन समूहले उत्पादन गरेको उक्त च्याउलाई ग्रामिण मोटरबाटो अभावका कारण बजारसम्म भने ल्याउन कठिन भएको नागीधार गाउँका भुपुवडा संयोजक लालदेवी घलेले बताइन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment