रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रूपमा कार्यरत थिए । कामबाट फर्केर राति खाना खाएर सुतेका नेपालीको रातको १ बजे मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजय विकेले जानकारी दिए । चार महिनाअघि मात्र विवाहबन्धनमा बाँधिएका नेपाली दुई महिनाअघि ‘मिडल इस्ट मेनपावर कम्पनी’ मार्फत ‘टिटिसी सप्लाई कम्पनी’ मा कामदारका रूपमा साउदी अरब आएका थिए । उनको शव जुबेलस्थित सेन्टूल अस्पतालको शव गृहमा राखिएको छ । नेपालीको मृत्यु भएको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जति सक्दो छिटो स्वदेश पठाउने पहल भइरहेको विकेले बताए । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment