पहिचानसहितको संघीयता, अधिकार सहितको तमुवान स्थापनाका लागि संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले बुधवार तीन वटा क्षेत्रीय भेलाहरु सम्पन्न गरेको छ । पोखरा उपमहानगरपालिका वडा नं. १७ हिमालीटोल स्थित तमु सहयोग समिति पार्दीमा, पोखरा १० इन्द्रमार्गस्थित कोल्माबहाकोट तमु समाज र लेखनाथ भण्डारढिकस्थित ङ्योए तमु धिंमा क्षेत्रीय भेलाहरुका सम्पन्न भएका हुन । पोखरा उपमहानगरपालिका वडा नं.६, ७ र १७ क्षेत्रीय तमुवान संयुक्त संघर्ष समितिद्धारा पार्दी समाजमा क्षेत्रीय अध्यक्ष चेतनप्रकास गुरुङको अध्यक्षता र मेखबहादुर गुरुङ संचालनमा भएको भेलामा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ र तमुवानका अगुवा दीपक वाईबा तामाङ वडा नं. १०, १४, १५ र १८ क्षेत्रीय संघर्ष समितिका अध्यक्ष एस टु ओ हर्कबहादुर गुरुङको अध्यक्षता र तमुवान महिला संघर्ष समितिका अध्यक्ष पुष्पा गुरुङको संचालनमा कोल्माबहाकोट तमु समाजमा आयोजित भेलामा तमुवानका अगुवाहरु सुन्दर गुरुङ, जितबहादुर गुरुङ, पानबहादुर घर्ती र ङ्योए तमु धिं लेखनाथका उपाध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङको अध्यक्षता र महासचिव मनबहादुर गुरुङको सचालनमा सम्पन्न भेलामा तमुवानका अगुवा गणेशमान गुरुङ र तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले देशको समसामयिक विषयसहित तमुवानको आन्दोलनको विविध पक्षमा चर्चा गरेका थिए । कात्तिक २० गते शुक्रवार तमुवान संयुक्त संघर्ष समितिको आयोजनामा तमुवान प्रदेश घोषणाका लागि दवाव, पेट्रोलियम तथा खाना पकाउने ग्याँस लगायत उपभोग्य सामग्रीहरुको सजह आपूर्ति व्यवस्थाको माग र न्यायिक अधिकारको लामो आन्दोलनमा रहेका मधेशी मोर्चा र थरुहटको आन्दोलनको ऐक्यवद्धताका लागि पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट बृहत प्रदर्शन गरिने भएकाले कार्यक्रम लाई भव्य बनाउन वक्ताहरुले आग्रह गरिएको थियो । यसैवीच ङ्योए तमु धिं लेखनाथमा आयोजित भेलाले ४९ सदस्य रहेको ४ वटा क्षेत्रीय तमुवान संयुक्त संघर्ष समिति गठन गरेको छ ।
Home
»
पछील्ला समाचार
»
संघ संस्था गतिबिधी
» तमुवान संयुक्त संघर्ष समितिको क्षेत्रीय भेलाहरु सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Post a Comment