0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीले जारी अघोषित नाकाबन्दीका कारण पर्यटकीय शहर पोखरामा उत्पन्न अभावबको स्थिति प्रति चिन्ता व्यक्त गरेको छ । कांग्रेस कास्कीको शुक्रवार सम्पन्न जिलिला कार्यसमिति बैठकले जनताले भोग्नुपरेको अभावपूर्ण अवस्थालाई तत्काल सहज ढबंगले अन्त्य गर्न स्थानीय प्रशासनमार्फत सरकारसँग माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयलाई विज्ञप्ति मार्फत सार्वजनिक गर्दै कांग्रेसले भनेको छ–“भारतद्वारा लगाईएको  अघोषित नाकाबन्दीले पर्यटकीय राजधानी पोखरामा उत्पन्न ईन्धन र पेट्रोलियम पदार्थको अभावले आमजनतामा पर्न गएको कष्टप्रति नेपाली कांग्रेस कास्की दुख व्यक्त गर्दछ ।”, नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा थपिएको छ–“बाँच्न पाउने जस्तो विश्वव्यापी मानवअधिकार हनन हुनेगरी औषधिसहितका अन्य संवेदनशील बस्तुको समेत आयात रोकिने गरी भएको नाकाबन्दीको जति भत्र्सना गरेपनि कम हुन्छ तसर्थ स्थानीय प्रशासनमार्फत सरकारलाई तत्काल समस्या समाधान गर्न माग गर्दछांै ।” साथै अभावको यो घडीमा बढीरहेको कालोबजारी अन्त्य गर्न पनि स्थानीय प्रशासनसँग कास्की कांग्रेसले माग गरेको छ ।
 
यसैगरी बैठकले महाधिवेसनको तयारीस्वरुप औपचारिक रुपमा काम पनि सुरु गरेको छ । जसअनुरुप आगामी १३आंै महाधिवेशनमा विधान संशोधनका निम्ति केन्द्रिय विधान संशोधन उपसमितिको परिपत्र बमोजिम कास्की कांग्रेसले जिल्लास्थित सम्पूर्ण कार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संस्थाहरुलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ । जिल्ला समितिको बैठक शभापति यज्ञबहादुर थापाको अध्यक्षतामा बसेको सचिव युवराज कुँवरले जानकारी दिए ।
 
यसैगरि उपभोक्ता मञ्च कास्कीको शुक्रबार बसेको बैठकले देशको विद्यमान असहज परिस्थितिमा उपभोक्ताले भोग्नुपरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सहज गराउन सरकारसँग माग गरेको छ । बैठकले मौजुदा अवस्थामा रहेको पेट्रोलियम पदार्थको वितरण प्रणाली चुस्त दुरुस्त र पारदर्शी बनाइ विवेकसम्मत बनाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दै समेत गरेको छ । साथै आम उपभोक्तालाई सही सूचना लिएरमात्र ग्यासका लाइनमा बस्न र हल्लाका भरमा लाइनमा नबस्न आग्रह गरेको छ । उपभोक्ता मंच कास्कीका सचिव राजुराज अधिकारीद्वारा जारी विज्ञप्तिमा आपूर्ति व्यवस्था सहज गराउन दबाबका लागि राजनीतिक दल, उद्योगी, व्यवसायी, संचारकर्मी, नागरिकसमाज लगायत सम्पूर्णलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरिएको छ ।
 
बैठकले असहज परिस्थितिको फाइदा लिई केही व्यवसायीले खानेतेल, खाद्यान्न, चिनी लगायत दैनिक उपभोग्य बस्तुमा अनुचित मूल्यबृद्धि गरेकोमा भत्र्सना गर्दै कालोबजारी समेत गरेको बुझिन आएको हुँदा त्यस्तो नगरी व्यवसायमा जिम्मेवार बन्न र प्रशासनलाई यस्ता व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । संकटको घडीमा व्यवसायी पनि स्वयं जिम्मेवार बनी अनुचित लाभको पछि नलाग्न आग्रह गरिएको छ । 




Post a Comment

 
Top