गोल्डेन न्यूज संवाददाता
प्रहरी चौकी धम्पुसको सार्वजनिक सुनुवाई सोमवार सम्पन्न भएको छ । प्रहरी चौकी धम्पुसले गरेका काम कारबाहीको जानकारी गराउने र स्थानियको सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाईमा स्थानीयवासीले पर्यटकीय क्षेत्र धम्पुस तथा अन्नपूर्ण वेश क्याम्प ईलाकाको शान्ति सुरक्षा सुदृढ बनाउन सुझाव दिएका थिए । उनिहरुले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षामा गम्भीर हुन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले स्थानीय वासीसँगको सहकार्यमा प्रहरी अघि बढ्ने बताए । स्थानीयको राय, सल्लाह, सुझाव अनुसार प्रहरीको काम कार्बाहीमा चुस्तता ल्याउने भन्दै उनले प्रहरी कर्मचारीप्रति कुनै गुनासो भए आफूलाई जानकारी दिन समेत आग्रह गरे । उनले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षाप्रति प्रहरी गम्भिर रहेको बताए ।
कार्यक्रममा स्थानीयवासी, प्रहरी उपरीक्षक पाल सहित वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक मोहन बहादुर खांण, पृथ्वी नारायण मा.वि. धम्पुसका शिक्षक सम बहादुर गुरुङ लगायतले शान्ति सुरक्षा र प्रहरीले गरेका कामकाबाहीको बारेमा बोलेका थिए । नेपाल प्रहरीले सम्पादन गरेका काम कार्वाहीहरुको सम्बन्धमा नागरिकलाई सुसूचित गराई प्रहरी कार्य सम्पादनमा भए गरेका कमी कमजोरीहरुलाई सुधार्दै जनउत्तरदायी बनाउने उद्देश्यले प्रत्येक ३ र ३ महिनामा नागरिक सुनुवाई कार्यक्रम गर्नुपर्ने प्रावधान छ ।
Post a Comment