0
विश्व विजेता रहि सकेको र टेस्ट मान्यता प्राप्त पाकिस्तानसँग खेल्ने अवसर पाउनु नै नेपाली क्रिकेट टोलीका लागि जित बराबर थियो। दुई देशबीचको क्रिकेट इतिहास र सफलता तुलना गर्ने हो भने नेपाल निश्चित हारको हकदार टोली हो। पछिल्लो पटक इङ्ल्यान्डविरुद्धको एकदिवसिय श्रृखंला खेल्दाका टोलीमा रहेका खेलाडीको बाहुल्यता रहनाका वावजुद पाकिस्तानिज् नाम दिइएको पाकिस्तानविरुद्ध नेपाल हार्नेमा नेपाली क्रिकेट बुझ्ने कसैलाई शंका थिएन ।
 
चासो हार जितमा भन्दा पनि पाकिस्तानविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ,मैदानमा कति समय टिक्छ र पुरा ५० ओभर खेल्न सक्छ कि सक्दैन भन्नेमा थियो । आइतबारको खेल सकिएपछि पाकिस्तानीपूर्व कप्तान रमिज राजाले ट्विट गरे ,’नेपाल १ सय २१ रनले पराजित भएको छ । तर उनीहरुले २० करोड पाकिस्तानी र ३ करोड नेपालीको मन जितेका छन् । उनीहरुको प्रदर्शनलाई सलाम छ ।’ उनले अर्को ट्वीट पनि गरिहाले,’ अर्को बर्षको विश्व ट्वान्टी–२० क्रिकेट अघि पाकिस्तानले नेपालसँग ट्वान्टी–२० श्रृखंला खेल्नुपर्छ । उनले आफ्नो तर्कसँग सहमत हुनेलाई रि ट्वीट गर्न समेत आग्रह गरेका छन् । राजाको ट्वीटलाई रि ट्विट गरेका पाकिस्तानी पूर्व तीब्र गतिलका बलर सोहब अख्तरले छुट्टै अर्को ट्वीट गरे,’ पाकिस्तानविरुद्ध नेपाली खेलाडीले यस्तो प्रदर्शन गर्न सक्लान् भन्ने मैले कहिल्यै सोचेको थिइन । उनीहरु धेरै बलियो भएका छन्, ’वाव’।’ राजा र अख्तरको ट्वीट नेपाली टोलीका लागि पं्रशसा मात्र थिएन प्रेरणा समेत थियो ।
 
अपेक्षा अनुसार नेपाली टोलीले पाकिस्तानलाई १ सय २१ रनको फराकियो नतिजा सुम्पियो । तर नेपाली दर्शक खुसी हुनुपर्ने ठाँउ भने टोली पुरा ५० ओभर टिक्यो , अलआउट भएन र विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रमध्येको एक टोलीविरुद्ध २ सय रनको आकडा पार ग¥यो । नेपाली टोलीको मुख्य समस्या ब्याटिङ मानिन्छ । पाकिस्तान विरुद्ध भने टोलीले ब्याटिङ खुलेर ब्याटिङ गर्न नसकेपनि खासै खुम्चिन पनि परेन । विश्व ट्वान्टी–२० क्रिकेटमा ओपनिङ पूर्ण रुपमा असफल भएको नेपाली टोलीका लागि आइतबार ओपन अनिल मण्डलले अर्धशतक पुरा गर्नु कम अर्थपूर्ण होइन । संयुक्त अरब इमिरेट्स (युएइ) मा पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नुअघि पाकिस्तान टोलीविरुद्ध यो स्तरीय प्रदर्शनले पक्कै पनि टोलीको मनोबल उच्च बनाउने काम गर्नेछ । ३ सय २७ रनको पहाड झै लाग्ने लक्ष्य पछ्याएको नेपालले सन्तोषजनक सुरुआत गरेको थियो । अनिल र अर्का ओपन सुवास खकुरेलले पहिलो विकेटका लागि ४९ रनको सझेदारी गर्दै धर्यताप्रदर्शन गरेको थियो । टोलीले पहिलो विकेटका लागि सुवास (२६) लाई गुमाएको थियो । पहिलो भन्दा पनि नेपालले दोस्रो विकेटमा झनै सुधारिएको प्रदर्शन गर्रुयो। अनिल र सागर पुन (३९) पुनले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ४९ रनको साझेदारी गरे । १ सय ९ बल खेलेका अनिलले ४ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ६१ रनको योगदान गरे। ज्ञानेन्द्रले ५२ बलमा ५ चौकासहित ४१ रन बनाए । कप्तान पारस खड्का १३ रनमा आउट भए भने शरदले अविजित १३ र महबुब आलमले अविजित १ रन बनाए । पाकिस्तानिज्का अनवर अलिले दुई विकेट लिने क्रममा अनिल र ज्ञानेन्द्रलाई शिकार बनाए । सुवासलाई यासिर शाह, सागरलाई अहमद सेजाद र पारसलाई वाहव रिजाजले आउट पारे ।
 
त्यसअघि नेपालले टस जितेर पाकिस्तानलाई ब्याटिङका लागि निम्त्याएको थियो । पाकिस्तानले ६ विकेटको नोक्सानीमा ३ सय २६ रन बनाएको थियो । रिटायर्ड आउट हुनुअघि टोलीका लागि कप्तान अजर अलि र पूर्व कप्तान सोहव मलिकले अर्धशतक पुरा गरे । अलिले सर्वा्धिक ७३ र मलिकले दोस्रो सर्वा्धिक ६३ रन जोडे । बसन्त रेग्मीले पाकिस्तानका सफल खेलाडीमध्येका एक युनिस खान (३८) र सेजदा (३५) को विकेट लिए । अर्धशतक बनाउन १ रनले चुकेका मोहम्मद हाफिजको विकेट सागरले लिए । पासरले सरफराज अहमद (२) को विकेट लिएको नागरिक न्यूजले जनाएको छ ।

Post a Comment

 
Top