गोल्डेन न्यूज संवाददाता
वडा प्रहरी कार्यालय रामबजारको विशेष सहयोगमा शुक्रबार अमरसिंहचोकमा एक कार्यक्रमको आयोजना गरी वडा प्रहरी कार्यालय मातहतका ९ वटा वडा समेटी रामबजार क्षेत्रमा पटका निषेधित क्षेत्र घोषणा गरियो । कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वेद प्रकाश जोशीले पटका निषेधित क्षेत्र घोषणा गर्दै वडा प्रहरी कार्यालय रामबजारको मातहत रहेका सबै वडाहरुमा आजका मितिबाट विधिवत रुपमा पटका निषेधित क्षेत्र घोषणा गरिएको जानकारी गराएका थिए । पटका पड्काउँदा मानिसमा पर्ने असर र हुनसक्ने दुर्घटनाको विषयमा जानकारी गराउँदै त्यस्ता कार्य गरे गराएमा नागरिकको हैसियतबाट सहयोग गर्न र खबर गर्न आग्रह गर्दै प्रहरी र नागरिकको दुरीलाई निरुत्साहित गर्न एक भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्व्य समिति, महिला नगर समन्वय समिति, जिल्ला सामुदायिक प्रहरी सेवा, नागरिक समाज पोखरा र वडा प्रहरी कार्यालय रामबजारको आयोजनामा सेती पूर्वका ९ वटा वडामध्ये वडा नं.१०, ११, १२, १३, १४, १५, १८, २१ र २२ वडालार्य पटकामुक्त क्षेत्र घोषणा गरिएको हो ।
कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष राम बहादुर पौडेल, जिल्ला समुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराई, टोल विकास संस्था नगर समन्वय समितिका द्वितीय उपाध्यक्ष तिलक बहादुर तमु, महिला वडा समन्वय समिति वडा नं.१८ का अध्यक्ष इन्द्रमाया बानिया लगायतले पटका मुक्त क्षेत्र घोषणा पश्चात हामी टोलबासी सबै लागिपरी टोल टोलमा पटका बिक्री वितरणमा रोक लगाई आफ्नो टोलमा आफै लागि शान्ति सुरक्षालाई मजवुत बनाउनुपर्ने र त्यस्ता केही घटना घटे तुरुन्तै सम्बन्धित कार्यालयमा खबर गर्न आग्रह गरेका थिए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका कोषाध्यक्ष एवम् वडा समन्वय वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षताम सम्पन्न कार्यक्रममा पर्चा पम्प्लेट वितरण गर्नुका साथै २१ गते बगर क्षेत्र, २२ गते बैदाम क्षेत्रलाई पटका निषेधित क्षेत्र घोषणा गरी २४ गते कास्की जिल्लालाई नै पटका निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम राखिएको जानकारी गराइएको थियो । कार्यक्रम महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्गले संचालन गरेका थिए ।
Post a Comment