0
गोल्डेन न्यूज संवाददाता
सधंै राज्य सञ्चालकहरुको आँखामा दोस्रो कर्णालीकारुपमा हेरिएको धौलागिरि अञ्चलले नेपालकै राजनितिमा सधै फरक र भिन्न बिचार राख्ने पाका दृढ नेता चित्रबहादुर केसीलाई उपप्रधान र सहकारी तथा गरिबि निवारण मन्त्रिमा ओली सरकारले नियुक्ति गरेको छ । सम्भवत प्रजातान्त्रको पुनःस्थापना पछि धौलागिरि अञ्चलबाट मन्त्रि मण्डलको ठूलो पदमा प्रतिनिधित्व गर्ने ब्यक्तिका रुपमा चित्रबहादुर केसी पुगेका छन । नेपाली काग्रेस, एमाले, राप्रपा लगायतका राजनीतिक दलहरुले पटक पटक सरकार चलाउदा समेत धौलागिरि अञ्चललाई उपेक्षा गर्दै आएका थिए ।
 
पटक–पटक गठन भएका मन्त्रि मण्डलमा धौलागिरिको प्रतिनिधित्व नै नगराई दलहरुले उपेक्षा गर्दै आएकोमा धौलागिरिका जनताले आक्रोश ब्याक्त गर्दै आएका थिए । मुलुकमा संघीय राज्यको गृहकार्य भैरहेको अवस्थामा विकट धौलागिरिको प्रतिनिधित्व हुनुलाई सुखद् मान्न सकिन्छ तर यतिलेमात्र सन्तुष्ट हुने ठाउभने छैन । मूलुकका अन्य मन्त्रि र राज्यमन्त्रीहरुमा समेत अन्य ब्याक्तिको प्रतिनिधित्व गराउनु जरुरि छ । प्रर्जातन्त्रको जति रटान गरेपनि धौलागिरिलाई बिगतका सरकारहरुले सौतेनी ब्यवहार गर्दै आएका धौलागिरिका बासिन्दाले आरोप लगाउँदै आएका छन । प्रजातन्त्र आएको ३०औं बर्ष हुललाग्दा पनि धौलागिरि अञ्चलमा २० किलो सडकपनि कालोपत्रे हुन सकेको छैन । विद्युतीकरण, गरिवी निवारण, स्तरिय एवं सुबिधा सम्पन्न अञ्चल अस्पताल, खानेपानी माध्यमिक तह तथा उच्च माध्यामिक तह र कलेजहरुको सञ्चालन लगायत यावत समस्याको चंगुलमा धौलागिरी रहेको छ । आगामी दिनमा परिपक्क, इमान्दार र निडर नेतृत्वको नाम कमाएका केसीले धौलागिरि अञ्चलको पूर्वाधार विकास निर्माणमा योगदान गर्ने छन भन्ने धौलागिरिवासीको आसारहेको छ । अहिलेसम्मकै इतिहासमा धौलागिरि अञ्चलले पहिलो पटक उपप्रधानमन्त्री पाएको हो । धौलागिरि बासीहरुले विकास निर्माणमा ठूलो फड्को मार्ने अपेक्षा गरेका छन् ।

Post a Comment

 
Top