गोल्डेन न्यूज संवाददाता
रामबजार युथ क्लवले गर्न लागेको तेस्रो रामबजार महोत्सव –२०७२ को तयारी अन्तिम चरणमा पुगेको छ।क्लवले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। महोत्सवका लागि स्ट्रल बुकिङ, महोत्सवस्थलको व्यवस्थापन, अर्थ संकलन, प्रचार÷ प्रसार लगायतका तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष कुमार थिङगले जानकारी दिए। महोत्सव कात्तिक २० देखि २५ गतेसम्म पोखरा रामबजार स्थित कालिका उच्च माविको प्राङगणमा हुनेछ। पहिलो पटक तीन दिन र दोस्रो पटक चार दिन महोत्सव गरेको क्लबले यसपटक महोत्सवको अवधी बढाएर ६ दिनको गर्न लागेको हो।
विगत वर्षका अनुभवलाई संगाल्दै यसपटक महोत्सवको अवधि समेत बढाएका छौ क्लवका अध्यक्ष थिङले भने– सवैबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौ। उनले मुलुकको विसम परिस्थितिमा समेत निरन्तरता दिन लागिएको महोत्सव लाई सफल बनाउन सवैलाई आग्रह समेत गरे।
विगत वर्षका अनुभवलाई संगाल्दै यसपटक महोत्सवको अवधि समेत बढाएका छौ क्लवका अध्यक्ष थिङले भने– सवैबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौ। उनले मुलुकको विसम परिस्थितिमा समेत निरन्तरता दिन लागिएको महोत्सव लाई सफल बनाउन सवैलाई आग्रह समेत गरे।
महोत्सवमा प्रवेशका लागि दिउँसो ५० र राति लाइभ पप कन्सर्टका लागि एक सय रुपैयाको टिकट व्यवस्था गरिएको छ। रामबजारको पहिचान र विकासको मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवले कला संस्कृतिको प्रवद्र्वन गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ। विश्वका विभिन्न देशमा छरिएर रहेका रामबजारवासीहरुको भेटघाट हुने समयका रुपमा समेत महोत्सवलाई विकास गर्ने आयोजकको भनाई छ। महोत्सवको आकर्षणमा देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्ट्रल, म्याराथन, बाल उद्यान रहने छन्।
महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न ३२ लाख ९५ हजार खर्च लाग्ने र महोत्सवबाट दुई लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ। महोत्सवबाट बचत भएको रकम रामबजारको शैक्षिक एवं सामाजिक विकास र सोलार लाइट जडानका लागि खर्च गरिने बताइएको छ।
महोत्सवमा विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका झण्डै एक सय ५० वटा स्ट्रल रहने छन्।महोत्सवलाई रामबजार सोसाईटी यु.के, रामबजार समाज हङकङ सहित पोखराका व्यवसायी सङघ÷संस्थाको सहयोग रहने बताइएको छ। क्लवका अध्यक्ष कुमार थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र पाइजा पुनले स्वागत र निवर्तमान अध्यक्ष तिलकबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए। महोत्सवको उद्घाटन नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले गर्ने छन्। परिवर्तन र विकासका लागि युवा एकता भन्ने मूल नाराका साथ स्थापना भएको क्लवले स्थापनाकालदेखि नै सामाजिक गतिविधि र महोत्सवलाई निरन्तरता दिदै आइरहेको छ।
Post a Comment