म्याग्दीको कुँहूँ–१ पूर्णगाउँमा रहेको विश्वकर्मा समाजले तिहारको अवसरमा देउसी भैलोबाट सङ्कलन भएको रकमले आकस्मिक बिरामी कोष स्थापना गर्दैछ । दलित एकताका लागि आयोजना गरेको देउसी भैलोबाट सङ्कलन गरेको रकममध्ये रु दुई लाख ५० हजार रकमको आकस्मिक उपचार कोष स्थापना गर्न लागिएको समाजका सचिव सुनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार कुल रु. तीन लाख पाँच हजार सङ्कलन भएकामा बाँकी रहेको रु ५५ हजार रुपैयाँ समुदायका लागि विवाह, व्रतबन्ध लगायतका कार्यका लागि आवश्यक पर्ने भाँडा खरिद गर्न खर्च गरिनेछ । विश्वकर्मा समाजका अध्यक्ष गङ्गालाल रसाइलीको अध्यक्षता र रनबहादुर लामिछानेको संयोजकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा विदेशमा रहेका स्थानीयवासीले समेत स्वतःस्र्फूूत रूपमा सहयोग गरेका थिए । गाउँमा रहेका अधिकांश रसाइली र लामिछाने दाजुभाइबाट आकस्मिक बिरामी उपचार कोष खडा गर्ने र समाजका लागि आवश्यक पर्ने भाँडा खरिद गर्ने उद्देश्यले चार दिनसम्म देउसी भैलो सञ्चालन गरिएको थियो । विदेशमा रहेका गाउँका विश्वकर्मा दाजुभाइबाट रु एक लाख ७३ हजार र बाँकी रकम गाउँमा सङ्कलन भएको थियो । आकस्मिक बिरामी कोषलाई वडामा रहेका सबै समुदायका व्यक्तिलाई आकस्मिक रूपमा बिरामी पर्दा औषधि उपचार, स्वास्थ्य केन्द्रसम्म पु¥याउन आवश्यक पर्ने यातायात खर्च लगायतको काममा उपयोग गरिने सचिव विश्वकर्माले जानकारी दिए । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment