0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका विभिन्न सत्यसाई केन्द्र तथा भजन समूहले संयुक्त रुपमा भगवान सत्य साईबाबाको ९०औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी सोमबार सम्पन्न भएको छ। जन्मोत्सवको अवसरमा सोमबार विहान नदीपुरस्थित सत्यसाई विद्याश्रमबाट शोभा यात्राको निकालिएको थियो। भगवान् श्री सत्य साईबाबाका अमृत वाणी लेखिएका प्ले कार्ड तथा भजन सहितको शोभा यात्राले पोखरा नगर परिक्रमा गरेको थियो। नदीपुरबाट नयाँबजार, पृथ्वीचोक, न्यूरोड, चिप्लेढुङ्गा हँुदै पुनः नदीपुरमा पुगेर समापन भएको शोभायात्रामा सत्य साई केन्द्र तथा भजन समूहहरु नदीपुर, भलाम, सिमलचौर, रामघाट, सेतीगंगा, बैदाम लगायत बाट साईभक्तहरुको सहभागिता रहेको थियो। साईबाबाको जन्मोत्सव अवसरमा गत विहीबारदेखि पाँच दिनसम्म सत्य साई केन्द्रहरुले सृजनाचोकमा रक्तदान कार्यक्रम, सत्यसाई विद्याश्रमका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण, सिद्धबराह गुरुकुल आश्रमका बटुकहरुलाई स्वीटर र गण्डकी हस्पिटलका विरामीहरुलाई फलफूल वितरण गरिएको सिमलचौरकी अध्यक्ष सम्झना गुरुङले वताइन। केन्द्रकी पुर्व अध्यक्ष मञ्जु गुरुङले ईजरायलबाट पठाएको शुभकामना सन्देश र डा. नारायण गौतमले केन्द्रमा हरेक महिनाको एक दिन निःशुल्क स्वास्थ शिविर संचालन गरिने सन्देश पढेर सुनाईएको थियो। केन्द्रकी आध्यात्मिक संयोजक कमला भट्टराईले संचालन गरेको शुभ जन्मोत्सव कार्यक्रममा उपाध्यक्ष प्रेमा गिरीले स्वागत मन्तव्यका साथै केन्द्रले गरेका गतिविधि प्रस्तुत गरेकी थिइन।


Post a Comment

 
Top