0
गोल्डेन न्यूज संवाददाता
मिस पोखराको सातौँ सँस्करण हुने भएको छ । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यु’ को व्यवस्थापनमा हुने सातौँ सँस्करणको मिस पोखराको प्रारम्भिक तयारी पुरा भएको छ । मिस पोखराको बारेमा आयोजक तथा व्यवस्थापक संस्थाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । सातौँ सँस्करणको मिस पोखराको प्रारम्भिक तयारी पुरा भैसकेको छ । र, यतिबेला मिस पोखरामा सहभागिताको लागि फाराम खुल्ला गरिएको छ ।’ मिस पोखरा २०१५ का सँयोजक जेसी किरण केसीले भने–‘फाराम भरेकाहरु युवतीहरुको लागि मंसिर ५ र ६ गते हामीले अडिसन राखेका छौँ ।’ दुई दिने अडिसन राउण्ड पछि छनौट भएका युवतीहरु प्रशिक्षण राउण्डमा प्रवेश गर्ने आयोजकले बताएको छ । यो पटक पोखरा जेसिजले ईभेन्ट्स फर यु सँगको सहकार्यमा मिस पोखरा गर्न लागेको हो । ‘ईभेन्ट्स फर यु सँगको सहकार्यले यो पटकको मिस पोखरा अझै विशिष्ट र गुणस्तरीय हुने हाम्रो विश्वास छ ।
 
पोखरा जेसिजका अध्यक्ष छविलाल सुवेदीले भने–‘दुई प्रतिष्ठित र अनुभवी कम्पनीको सहकार्यमा मिस पोखरा हुँदा यसले सकारात्मक सन्देश समेत प्रवाह गरेको छ । पत्रकार सम्मेलनमा ईभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङले पनि पोखरा जेसिजसँगको सहकार्य उत्कृष्ट रहने विश्वास दिलाए । ‘मिस पोखराजस्तो उत्कृष्ट ब्युटी पेजेन्टमा जोडिएर काम गर्न पाउनु हाम्रो कम्पनीको लागि पनि निकै राम्रो कुरा हो ।’  उनले भने–‘र, यसले हाम्रो कम्पनीको स्तरलाई अझै माथि उकास्ने निश्चित छ ।’ मिस पोखराको व्यवस्थापनको जिम्मा ईभेन्ट्स फर युको तर्फबाट पनि कम्पनीका म्यानेजिङ डाईरेक्टर सुरेन कुमार सुशिलले लिएका छन् ।
 
मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप ५० हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । मिस नेपालको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछन् । मिस नेपालको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ । पुसको तीन गते प्रतियोगिताको ग्राण्ड फिनाले हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

Post a Comment

 
Top