0
गोल्डेन न्यूज संवाददाता
कास्कीका सामुदायिक विद्यालयहरुमा दिनानुदिन व्यथिति बढ्दै गएपछि गरिव तथा विपन्न समुदायका बालबालिकाहरुले गुणस्तरीय शिक्षाबाट वञ्चित भएको प्रति विद्ययालय व्यवस्थापन समितिका सदस्यहरुले चिन्ता व्यक्त गरिएको छ । देशको राजनीतिक तरलता र शिक्षानीतिमा आवश्यक सुधार नहुदाँ  सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी बालुवा मा पानी जस्तै भएको भन्दै एक कार्यक्रममा सहभागीहरुले चिन्ता व्यक्त गरेका हुन् । “गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन ’’भन्ने मुल नाराका साथ विद्यालय व्यवस्थापन समिति संस्थागत सुदृढिकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । शिक्षा नीति तथा अभ्यास केन्द्रको सहयोग र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्र र कास्कीको आयोजनामा कास्कीका करिब ५०० वटा विद्यालयहरुकाप्रति निजी विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले यस्तो बताएका हुन् । शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक बेदनीधि ढकालले सामुदायिक विद्यालय सुधार गर्न शिक्षक र अभिभावक क्रियाशिल हुदै जानु अनिर्वाय भएको स्पष्ट पारे । उनले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण थापाले मुलुकमा प्रजातन्त्रको आगमन भएदेखि नै सामुदायिक विद्यालयहरुमा शिक्षामा व्यथिति बढदै गएर अहिले सामुदायिक विद्यालयको अवस्था ‘भताभुङ्ग र लथालिङ्ग’ भएको बताए । उनले भने,‘ विद्यालय व्यवस्थान समितिलाई पूर्ण अधिकार शिक्षानीतिमा नहुदाँ सामुदायिक विद्यालयमा व्यथितिले सीमा नाघेको छ । सामुदायिक विद्यालयमा निःशुल्क पढाइ भएकै कारण सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण र चासो घटेको सहभागीहरुले वताएका थिए । कास्की सामुदायिक विद्यालयहरुको अवस्था सुधार्न कन्या माध्यमिक नदीपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बहादुर नेपालीको अध्यक्षतामा १५ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला कार्य समिति कास्की गठन गरेको छ । समितिको उपाध्यक्षमा रामहरि गुरुङ, सचिवमा ःराजेन्द्र अधिकारी, सह–सचिवमा रमा नेपाली, कोषाध्यक्षमा, मिम विश्वकर्मा, सदस्यहरुमा क्रमशः भिम प्र. वास्तोला, हरि बहादुर नेपाली, अनिल पौडेल, दिनानाथ सुवेदी, सीता नेपाली, डिल्लीराम पौडेल, कालीदाश सुवेदी, लीला देवकोटा र नारायण प्रसाद बाँस्तोला क्या.ज्ञान बहादुर थापा मगर समेत नव निर्वाचत कार्य समितिका पदाधिकारीहरु लाई शपथ खुवाउँदै महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाले विव्यसहरुले अब जागरुक भई हाम्रो विद्यालय राम्रो बनाउँन स्वयंसेवी अभियानको थालनी गर्दै जानुपर्दछ भन्ने आव्हान गरेका छन् । कार्यक्रमको संचालन राजेन्द अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top