जिल्ला कृषि विकास कार्यालय कास्कीले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत व्यवसायिक तरकारी खेतीको लागि आह्वान गरेको दरखास्तमा ३ सय भन्दा बढीको आवेदन परेको छ । कार्यालयका अनुसार आवेदनको दिने अन्तिम समयसम्म व्यवसायिक तरकारी खेतीको लागि ६० जनाको कोटामा ३ सय ३० जनाको आबेदन परेको हो । आबेदकमध्ये आबेदनको कागज पत्र, स्थलगत निरीक्षण पछि तरकारी खेतीको लागि आवश्यक बातावरणको उपयुक्तता, जातीय समाबेशिता, क्षेत्रीयता लगायतका कुरालाई आधार मानेर ६० जनालाई छनौट गरिनेछ । व्यवसायिक तरकारी खेतीको लागि छनौट भएका कृषकले कार्यालयबाट ४० हजार अनुदान पाउनेछ भने कम्तिमा पनि ४० हजार आफैले लगानी गर्नुपर्छ ।
कार्यालयका बागबानी विकास अधिकृत मनहर कडरियाका अनुसार यो कार्यक्रम मार्फत अनुदान पाएका किसानले कम्तिमा १० रोपनी क्षेत्रफलमा तरकारी खेति गर्नुपर्नेछ । अनुदानका लागि छनौट भएका किसानहरुलाई सबैभन्दा पहिले तालिम दिन्छौं, कडरियाले भने–त्यसपछि पहिलो किस्ता बापत २० हजार दिन्छौं र दोश्रो सिजनका लागि बाँकी दोश्रो किस्ताको रकम उपलब्ध गराउँछौं । सरकारले बिषेशगरी शैक्षिक बेरोजगारलाई रोजगार, बिदेश जान चाहाने यूबा तथा बिदेशबाट आएका युवाहरुलाई स्वदेशमै व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गराउन यूबा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । यूवा स्वरोजगार मार्फत सरकारले किसानहरुमा लगानी बढाएपछि ब्यवसायिक खेति सुरु भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाले बताए । राज्यले कृषि क्षेत्रमा लाग्न चाहाने उद्यमीहरुको प्रोत्साहनको लागि युवाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याएको उनले बताए । कास्कीमा युवा स्वरोजगार कार्यक्रमले तरकारी खेतिमा निकै सुधार र विस्तार भएको छ, कोईराला भन्छन्–यहि कार्यक्रमले मात्रै ५ सय रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेति गरिएको छ, यो बर्ष अझै बढ्छ ।
यो कार्यक्रम कास्कीमा तेश्रो बर्षमा चलिरहेको छ । आर्थिक बर्ष २०७०÷०७१ देखि सुरु भएको युवा स्वरोजगार कार्यक्रममार्फत अहिलेसम्म जिल्लाका २ सय ५० जना युवा किसानहरुले अनुदान प्राप्त गरिसकेको पत्रकार प्रकाश ढकालले एलए नेपालमा लेखेका छन् । युवा स्वरोजगार लगानी प्राप्त गर्नका लागि २१ वर्ष माथिका ४५ वर्ष ननाघेका युवाले सञ्चालन गरेको व्यवसायीक कृषि फर्म तथा व्यवसायिक तरकारी खेतिमा मात्र युवा स्वरोजगार लगानी गर्ने प्रावधान छ । यो बर्षका लागि परेका आवेदनहरुको पनि अहिले स्थलगत अध्ययनको काम गरिरहेको कार्यालयले जनाएको छ । स्वरोजगार कार्यक्रम अन्र्तगत व्यवसायीक तरकारी खेति तथा माछापालन गर्नुपर्छ । सरकारले साना सिंचाई आयोजनाको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
कास्कीमा अहिले करिब २५ सय हेक्टर क्षेत्रफलमा तरकारी खेति हुन्छ । जिल्लाभर २ हजार ब्यवसायिक तरकारी उत्पादक किसानहरु छन् भने उनीहरुले तरकारी निर्यातबाट मात्रै बार्षिक करिब २० करोड रुपैयाँ आम्दानी गर्ने गरेको कार्यालयले जनाएको छ । हेमजा, लेखनाथ, लाहाचोक, पुरुञ्चौर, पुम्दीभुम्दी र पोखराका केही वडाहरु तरकारीका लागि पकेट क्षेत्रहरु हुन् । जिल्ला कृषि विकास कार्यालय कास्कीले यो बर्ष विभिन्न शिर्षकमा करिब ५० लाख रुपैयाँको अनुदान किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । जसमा प्लाष्टिक घर निर्माण, विउ विजन खरिद, थोपा सिञ्चाई आदि छन् । जिल्लाभर अहिले ६३ सय प्लाष्टीक घर निर्माण भैसकेका छन् भने तिमध्ये सबैभन्दा बढी गोलभेँडा खेती गरिन्छ ।
Post a Comment