भान्सामा प्रयोग हुने एलपी ग्यासको चरम अभाव हुँदा पोखरा लगायत देशभरकाका अधिकांश होटल तथा रेष्टुराँहरु बन्द भएका छन् । महंगो भाडा तिरेर बजारमा होटल तथा रेष्टुराँ संचालन गरेका व्यवसायीहरु अब कोठा भाडा कसरी तिर्ने भन्ने समस्याले पिरोलिन थालेका छन् । नयाँ संविधान आफुले चाहेअनुसार नभएको भन्दै दक्षिणको छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै अघोषित नाकाबन्दी गरेपछि नेपालमा खाना पकाउने ग्याससंगै सवारी साधनमा प्रयोग हुने इन्धनको चरम अभाव सिर्जना भएको छ । कतिपय होटल तथा रेष्टुराँ व्यवसायीहरुले वैकल्पिक उर्जा दाउराको प्रयोग गरेर व्यवसाय संचालन गरेका छन्भने कतिपय बन्द नै भईसकेका छन् । यस्तो विकराल अवस्थामा राज्यले वैकल्पिक उर्जाको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा तत्काल योजना ल्याउन जरुरी छ । नेपालमा वैकल्पिक उर्जाको प्रयोग गर्ने प्रवल संभावना हुँदाहुँदै पनि सधंै छिमेकीको भर पर्नु पर्ने बाध्यताका कारण आज नेपाली जनताले दुख पाउनु परेको छ । नेपालमा वैकल्पिक उर्जाको प्रयोग गर्ने संभावना प्रबल रहेको छ । यसको विषयमा सरकारले तत्काल विकल्प ल्याउनु पर्छ । भारतले अघोषित नाकाबन्दी गरेको लामो समयपछि नेपालमा आधा सिलिन्डर वितरण गर्ने योजना भएपनि ग्यास उद्योगले भने रातारात मालामाल बन्ने सपना पुरा गर्नका लागि सर्वसाधारणलाई वितरण गर्ने भनिएको ग्यास नेपालका तारेहोटललाई वितरण गरेर सर्वसाधारणलाई केवल ग्यासको सपना मात्र देखाएका छ । कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवाला पक्षसम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सयको संख्यामा रहेका डिलरहरुलाई ७ दशमलव १ किलोग्राम तौल (आधा) सिलिन्डर ग्यास उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमति अनुसार ग्यास पाउने आशामा विभिन्न उद्योगका सिलिन्डर प्रयोग गर्ने उपभोक्ताले आ–आफ्ना नजिकका डिलरहरुमा सिलिन्डरको लाइन राखे पनि ग्यास पाउन सकेनन् । ग्यासको अभाव सबैभन्दा बढी काठमाडौं खाल्डोमा थुप्रिएका जनताले खेप्नु परेको छ । ग्यास उद्योगीहरुले सर्वसाधारणलाई वितरण गर्ने ग्यास तारे होटललाई दिएर सर्वसाधारण जनतामाथि जालझेल गर्ने काम गरेका छन् । नेपालमा ग्यासको खानी भएको विभिन्न अध्ययनले देखाएपनि त्यसको उत्खनन् गर्न नसक्दा हामी सधै परनिर्भर हुनुपर्ने अवस्था रहेको छ । खाली छिमेकीको भर पर्नुपर्ने बाध्यताका कारण आज नेपालले खाना पकाउने ग्यासदेखि लिएर सवारी गुडाउने पेट्रोलियम पदार्थमा समेत भर पर्नुपर्ने अवस्था रहेको छ । अर्काेतर्फ सर्वसाधारणलाई वितरण गर्नुपर्ने ग्यास करोडौं लगानी गरिएको तारेहोटललाई वितरण गरेर ग्यास उद्योगीले सर्वसाधारणमाथि खेलवाड गरेका छन् । यस्तो प्रवृत्ति हाबी भईरहेका बेला सरकारले सर्वसाधारणको समस्यामा मल्हम लगाउन लागि प्रभावकारी कदम चाल्न जरुरी छ । के तारे होटलमा बस्ने मात्र मानिस हुन झुप्रोमा बस्ने मान्छे नै होइनन् ? यदि सर्वसाधारणलाई राहत दिनका लागि सरकारले आफ्नो दायित्व पुरा गर्न भुल्नु हुँदैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment