0
गोल्डेन न्यूज संवाददाता
पोखरामा क्रियाशिल युवाहरुको एक भेलामा मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गरिएको छ । मुुलुकको वर्तमान अवस्थामा युवाहरुको भूमिका विषयक कार्यक्रममा सहभागीहरुले युवाहरुले मुलुकको यस्तो अवस्थामा युवाहरु चुपचाप बस्न नहुने भन्दै राज्य पक्षलाई दवाव दिनुपर्नेमा जोड दिएका थिए । ‘परनिर्भरता त्याग्दै, आत्मनिर्भरता बढाउने र अन्तर्निर्भरतालाई सन्तुलनमा राख्नुपर्छ’–भेलामा सहभागीहरुले भने–‘भारत विरुद्ध अभिव्यक्ति दिने तथा छिमेकीलाई चिडाउने काम गर्नुमात्र राष्ट्रियता नभई युवाहरुको ध्यान सद्भाव बढाउनुमा जानुपर्छ ।’ नेपाल–भारतबीचको सद्भाव कायम गर्न आयोजना गर्न लागिएको ¥यालीमा ऐक्यवद्धता जनाउँदै एकताको सन्देश दिने, राज्यलाई उपयुक्त कार्यनीति बनाउँदै सार्वजनिक गर्न दवाव दिने, मधेशी मोर्चाको माग र संविधानले मधेशी जनतालाई दिएको अधिकारको बारेमा गम्भीर छलफल हुनुपर्नेमा सहभागी युवाहरुले जोड दिएका छन् । यसैगरी नाकावन्दी खुलाउन आवश्यक कदम अगाडि बढाउने, नाकाबन्दी मानवता बिरुद्धको कार्य भएकाले सम्बन्धित पक्षलाई नाकावन्दी जस्तो निन्दनीय कार्य नगर्न अनुरोध गर्ने, मधेशी र पहाडी भन्ने भावनाको अन्त्य गरि हामी सबै नेपाली भन्ने भावना देश भरि फैलाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । सामाजिक सञ्जालमा मात्र राष्ट्रियताको कुरा गरेर र भारत विरोधी नारा लगाएर मात्र राष्ट्रिय चिन्ता जाहेर गरेको नहुने भन्दै समस्या समाधान गर्न सवै पक्ष एकजुट हुनुपर्नेपर्नमा जोड दिंदै उनीहरुले भनेका छन् । मुलुकको विषम परिस्थितिमा युवाहरु निष्क्रिय भएर बस्न नहुने भन्दै युवाहरु एकजुट भएर राज्यपक्षलाई झक्झकाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । भेलामा कार्यक्रममा ¥याण्डम रिडर्सका संस्थापक अध्यक्ष राजेन्द्र चापागाई आहात, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, अधिवक्ता सुरेन्द्र थापामगर, सिद्धार्थ क्लवका पूर्व अध्यक्ष दिपेन्द्र मर्सानी, क्लवका कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल, ड्यामसाईड युवा क्लवका अध्यक्ष पदमवहादुर ढकाल, पत्रकार विभु भुसाल, रामेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेल, ¥याण्डम रिडर्सका पूर्व अध्यक्ष गनेस पौडेल, युवा उद्यमी डिआर भट्टराई, चिरन्जीवि पोख्रेल, सुरज उपाध्याय, यमकला जिसी, अन्जु केसी, नारायण क्षेत्री, राजु पौडेल लगायतले बोलेका थिए ।



Post a Comment

 
Top