गत श्रावण १४ गते कास्की जिल्लाका बिभिन्न ठाउँंमा भारी बर्षा भई आएको बाढी पहिरोका कारण सबैभन्दा बढी क्षति भएको लुम्ले गाबिसको वडा नम्बर ५ र ६ मा तमु धिं जापानले पुनःनिर्माणको लागि हालै आर्थिक सहयोग गरेको छ । केही समयका लागि नेपाल आएका तमु धिं जापानका सल्लाहकार यामा शेरचन,गुरुड र पूर्ब अध्यक्ष श्रीजङ गुरुङले एक समारोहका बीच लुम्ले गाऊंमा नै पुगि पुनःनिर्माण समितिका संयोजक राम बहादुर गुरुङलाई पचास हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सल्लाहकार यामा शेरचन गुरुङले सानो रकम भएतापनि तमु धिं जापानको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै नेपालमा हुने यस्ता बिपदको घडिमा आफू र आप्mनो संस्था संधै मातृभूमि नेपाल र नेपालीको साथमा रहेको बताए । तमु धिं जापानका पूर्ब अध्यक्ष श्रीजङ गुरुङले बिभिन्न कारणले नेपालीहरु बिदेशिनु परेतापनि मातृभूमिमा बिपद आइपर्दा आफनो संस्थाले सहयोग गर्दै आएको बताए । स्थानीय समाजसेबी चित्र बहादुर गुरुङले संचालन गरेको कार्यक्रमका लागि तमु धिं जापानका बरिष्ठ उपाध्यक्ष तथा लुम्ले–वडा नम्बर ३ स्थायी ठेगाना रहेका श्रीभक्क्त गुरुङले संयोजन गरेका थिए । गत श्रावणको बर्षाबाट आएको बाढीले दश घरका २८ जना मानिसको निधन हुनुका साथै केही घाइते भएका थिए भने ३० घर पूर्णरुपमा क्षति भई बिस्थापित भएका छन ।
Post a Comment