0
 गोल्डेन न्यूज संवाददाता
पोखरा २१ कार्तिक ।पोखरा उपमहानगरपालिका वडा नं ४ का महिलाहरुको भेलाले रजनी कोइरालाको अध्यक्षतामा एकल महिला समूह गठन गरेका छन् । शनिबार वडा नं ४ को कार्यलय गैह्रापाटनमा आयोजित कार्यक्रममा कोइरालाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रिभा पालिखे, सचिवमा लक्ष्मी प्रजापति, सह–सचिवमा जमुना कोइराला, कोषाध्यक्षमा गीता कोइराला र सह–कोषाध्यक्षमा राधा केसी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा निर्मला जोजिजू, नन्द कुमारी कोइराला, माया कोइराला, श्रृजना लिगल, मनमाया तामाङ, पवित्रा सुनार र नीता बजिमय रहेका छन् । कार्यक्रममा एकल महिला समूह कास्कीका अध्यक्ष प्रमिला तझ्याले एकल महिलाहरुले समाजमा भोग्नु परिरहेका विभिन्न समस्याहरुका बारेमा प्रकाश पारेकी थिइन् । उनले समाजमा एकल महिलाहरुले भोग्नु परेका समस्याहरु साझा खालका रहेका हुनाले एकजुट भएर अगाडि आउन आग्रह गरेकी थिइन् । अहिले पनि राज्यसँग एकल महिलाका सन्र्दभमा विभिन्न मागहरु रहेको जानकारी दिँदै उनले आफ्नो दक्षता अभिवृद्धि गर्नका लागि सहभागीहरुलाई सुझाव दिएकी थिइन्। कार्यक्रममा पोखरा आवाज दैनिक पत्रिकाका कार्यकारी सम्पादक अनुप प्रकाश पौडेलले सो समूहलाई शुभकामना दिँदै सामूहिक हितका लागि कार्य गर्न आग्रह गरेका थिए । वडा नं ४का सामाजिक परिचालक दिवेश्वरी पौडेलले एकल महिलाहरुको समस्या समाधानका लागि वडा कार्यलय सधंै सहयोगी बन्ने बताएकी छन् । वडामा गठित समूहले एकल महिलाहरुलाई एकतावद्ध गर्दै उनीहरुका समस्याहरु समाधान गर्ने लक्ष्य लिएको बताइएको छ । आगामी दिनमा वडा भित्रका सबै एकल महिलाहरु समेटेर विभिन्न तालिम तथा भेलाहरु आयोजना गर्दै जाने पनि कार्यक्रममा बताइएको छ ।

Post a Comment

 
Top