0
गोल्डेन न्यूज संवाददाता
भारतले लगाएको नाकाबन्दीको विरोधमा शुक्रबार अष्ट्रेलियाभरि सयौं नेपालीहरुले एक आवाजका साथ विरोध जनाएका छन् । एनआरएन अष्ट्रेलियाको आयोजनामा अन्य संघसंस्थाको सहभागिता रहेको कार्यक्रम सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका सहरमा एकै समयमा एकै आवाजका साथ विरोध जनाइएको हो । भारतले नेपाललाई हेपेर लगाएको नाकाबन्दीलाई विश्वब्यापी बनाउने र नाकाबन्दी हटाउन दबाब सृजना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । शान्तिपूर्ण रुपमा भारतको ज्यादतीको विरोध गर्दै लेखिएका ब्यानर बोकेर स्वतःस्फुर्त रुपमा सहभागी नेपालीहरुको आन्दोलनलाई अष्ट्रेलियाली लगायतका विदेशी नागरिकहरुले समेत चासो दिएका थिए ।’ सिड्नीको मार्टिन प्लेसमा यो बर्षको आजसम्मकै गर्मी ४२ डिग्रीको गर्मीको समेत वास्ता नगरि करिब १ हजार नेपालीहरु बिभिन्न ब्यानर बोकेर विरोध र्रुयालीमा सहभागी भएका थिए भने मेलबर्नमा परिरहेको पानीको वास्ता नगरि छाता ओडेर र भिज्दै नेपालीहरुले स्वतःस्फुर्त रुपमा सहभागिता जनाएका थिए । एडिलेड र ब्रिसबन लगायका शहरहरुमा समेत सयौं नेपालीहरु भारतीय नाकाबन्दी अमानवीय भएको भन्दै यसलाई तत्काल हटाउन माग गर्दै सडकमा उत्रिएका थिए । ‘यो सरासर अन्याय र मिचाहा प्रवृति हो, एनआरएन न्यु साउथ वेल्सका उपाध्यक्ष प्रकाश खरेलले भने–‘यसको तत्काल निशर्त अन्त्य हुनुपर्छ र सरकारले समेत सोही किसिमको कदम चाल्नुपर्छ भन्ने हाम्रो माग हो ।’ विरोध कार्यक्रमलाई विदेशीहरुले समेत अत्यन्तै चासोका साथ अवलोकन मात्र गरेनन कि भारतले किन नाकाबन्दी लगाएको बिषयमा जिज्ञासा समेत राखेका थिए । ब्रिसबेनको क्युन्सल्याण्ड युनिभर्सिटीबाट बिद्यावारिधि गरिरहेका पिएचडी फेलो भरतराज पौडेलले उच्च तहमा रहेर अध्यापन गराइरहेका विदेशीहरुले समेत विरोध कार्यक्रमप्रति चासो राखेको बताए । आफूले भारतीय हेपाहा प्रवृत्ति र नाकाबन्दी लगाएको कारणको बारेमा उनीहरुलाई स्पष्ट पारेको उनले बताए । ‘उनीहरुको सोच समेत भुपरिवेष्ठित मुलुकले पाउनुपर्ने अधिकार निशर्त पाउनुपर्छ भन्ने अडानमा देखिए पौडेलले भने– ‘हामीले यो विरोधको आवाज यहाँका बौद्धिक वर्गसम्म पुरÞ्याउन खोजेका थियौं जसमा हामी सफल भयौं ।’ एनआरएन अष्ट्रेलियाले पहिलो चरणमा आयोजना गरेको यो कार्यक्रमपछि अन्य थप दबाबमुलक कार्यक्रमहरु जारी राख्ने यसअघि नै घोषणा गरिसकेको छ ।
 
यसैगरी अघोेषित भारतीय नाकाबन्दी विरुद्ध चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा पनि विरोध प्रर्दशन भएको छ । त्यहाँस्थित गैरआवासीय नेपालीहरूले शुक्रबार दिउंसो र्यालीसहित एडमिराल्टीस्थित भारतीय महावाणिज्य दूतावास अघि विरोध जनाएका हुन् । रर्या लीमा प्रर्द्शित मुल ब्यानरमा भूपरिवेष्ठित मुलुक विरुद्धको नाकाबन्दी गम्भिर अपराध भएको उल्लेख थियो । राष्ट्रिय झण्डासहित सहभागीहरुले ब्याक अफ इण्डिया, स्टप ब्लकएड, रेष्पेक्ट इन्टरनेसनल ट्रिटिज लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । ज्ञापनपत्र हस्तान्तरणका लागि भारतीय महावाणिज्यदूतसंग अग्रिम समय लिइएका भएपनि तोकिएको समयमा त्यहाँ पुग्दा दूतावासका कोही प्रतिनिधि उपस्थित नभएको एनआरएन हङकङका प्रवत्ता किसन राईले जनाए । ‘सुरक्षाको कारण जनाउदै सुरक्षाकर्मीले कार्यालय प्रवेश गर्न समेत दिएनन्’, प्रवत्ता राईले भने,–‘दूतावासलाई बुझाउने भनिएको ज्ञापनपत्र सडकमै पढियो ।’ विनाशकारी भूकम्पले थिलोथिलो बनाएको भूपवेष्ठित मुलुकमाथि भारतले गरेको नाकाबन्दी अत्यन्तै अमानवीय रहेकाले विश्व जगतबाटै यसको घोर निन्दा र विरोध गरिनपर्ने सहभागीहरुको धारणा थियो । गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदलाई आह्वान गरे बमोजिम विरोध कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएइको छ ।

Post a Comment

 
Top