0
युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सोमबारबाट गोर्खाली रेडियोमा १५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ। पोखरा–८, सिमलचौरमा रहेको गोर्खाली रेडियोले आयोजना गरेको सो तालिम गोर्खाली रेडियोको भवनमा सञ्चालन भएको हो। १५ दिनसम्म तालिममा रेडियो तथा मञ्चिय उद्घोषण, रेडियो कार्यक्रम संचालन, समाचार लेखन तथा वाचन, रेडियो कार्यक्रम उत्पादन, फिचर लेखन, विज्ञापन संकलन ब्यक्तित्व बिकास, बोल्ने कला तथा पत्रकारिता सम्बन्धी बिषयबस्तुहरुमा पोखराका अनुभवी पत्रकार तथा सञ्चारकर्मीहरुले प्रशिक्षण दिनेछन्। न्यूनतम शुल्कमा गुणस्तरीय तालिम दिइने रेडियोका स्टेशन म्यानेजर ओम जी मगरले जानकारी दिएका छन्। सामुदायिक गोर्खाली रेडियाको अध्यक्ष तथा वरिष्ठ संचारकर्मी लोक गायिका शान्ति गुरुङको अनुस्थितिमा रेडियोका कार्यवाहक अध्यक्ष शशी तुलाचनकोे अध्यक्षता रहेको कार्यक्रमा रेडियोका संचालक समिति कोषाध्यक्ष तथा मार्केटिङ अफिसर सु.मे. देउ बहादुर गुरुङ, सदस्य तथा रेडियोका कार्यक्रम संयोजक खीमा गुरुङ, फेवा टेलिभिजनका समाचार प्रमुख तथा कास्की आवाज दैनिकका सह–सम्पादक रुद्रबहादुर श्रीसलगायतले शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन रेडियोका ंसचिव सु.मे. श्रीप्रसाद गुरुङले गरेका थिए भने तालिमका बारेमा रेडियोका स्टेशन म्यानेजर ओम जी मगरले प्रकाश पारेका थिए।

Post a Comment

 
Top