गोल्डेन न्यूज संवाददाता
सांग्रिला डेभलपमेण्ट बैंक शुक्रबारबाट ११औंैं वर्ष पुरा गरि १२औंैं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आप्mनो २८ औं शाखा सुनसरी जिल्लाको इटहरीमा खोली कारोबार शुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष प्रा. सुरेन्द्र बहादुर भारीजु, संचालकद्वय निरन कुमार श्रेष्ठ तथा चुडामणि ढकालको उपस्थितिमा बैकको सामाजिक उतरदायित्व अन्तर्गत काठमाण्डौ कालीमाटी स्थित आमाघरका करिव ५० जना वृद्घ आमाहरुलाई भोजन तथा खाद्यान्न सामाग्री वितरण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकको क्षेत्रीय कार्यालय, नेपालगञ्जमा ए.टी.एम. सेवाको पनि शुभारम्भ गरेको नायब प्रमुख कार्यकारी अधिकृत थकालीले बताए । वार्षिकोत्सवको अवसरमा रक्तदान–जीवनदान भन्ने भावार्थलाई मनन गरी नेपालगंज शाखा परिसरमा रक्तदान कार्यक्रम गरी ७९ पिन्ट तथा क्षेत्रीय कार्यालय न्यूरोड पोखरा परिसरमा संचालन गरिएको रक्तदानमा १०६ पिन्ट गरि कुल १८५ पिन्ट रगत संकलन गरि रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण दाताहरुलाई बैंक परिबारले धन्यवाद व्यक्त गरेको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
Post a Comment