0
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीका आवासीय वैदिक ब्राह्मण वटुकहरुको भोजनका लागि पोखरा–९, बाँस्तोलाथर हाल अष्टे«लिया निवासी प्रतिमा शर्माको शुभ जन्मोत्सवका एक दिनको भोजनदान गरेका छन् । उनकी ममतामयी माता दुर्गादेवी पौडेलमार्फत विद्याश्रममा एक दिनको भोजनदान गरेका हुन् ।  विद्याश्रमका आजिवन सदस्य एवं वैदिक धर्मानुरागी महानुभावहरुले आफ्नो जन्मदिनको दिन वैदिक ब्राह्मणहरुलाई भोजन गराउने दाता महानुभावहरुको अभिलेख राखी दाता स्मारिका प्रकाशन गर्ने प्रावधान अनुसार निकट भविष्यमा दाता स्मारिका प्रकाशन गरिने विद्याश्रमका सचिव गंगासागर उपाध्यायले बताए । यसै सालको पितृपक्षमा भोजन गराउनेहरुमा आफ्ना पितृ उद्धारका लागि बाबुराम परियारले एक दिनको भोजन दान, प्रमोद भण्डारीले ५ दिनको भोजनका लागि चामल दान दिए । सोही अवसरमा पितृ उद्धार तथा भावि सन्तानको कल्याण एवं उत्तरोत्तर प्रगतीको लागि आशिर्वाद दिदै विद्याश्रमका संस्थापक अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले विभिन्न आजिवन सदस्य एवं दाताहरुले पनि वैदिक विधिअनुसार जन्मोत्सव मनाई भोजनदान गराइदिन आग्रह गरे।

Post a Comment

 
Top