शान्ता कमली
लमजुङको सुन्दरबजार नगरपालिकाको कुन्छमा रहेको शान्ति उच्च माविमा भएको आगलागीको अभियोगमा पक्राउ परेका सोही विद्यालयका परिचयलाई पुर्पक्षका लागि थुनामा पठाउने र प्रअलाई धरौटी लिई तारेखमा छाडिएको छ । लमजुङ जिल्ला अदालतबाट सो आदेश भएको हो ।
जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासले सो उमाविका प्रअ नारायण गिरीलाई १ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्नुका साथै परिचर पद्मराज मिश्रलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार हरिगोपाल ज्ञवालीले बताए । उनका अनुसार धरौटी राख्न आदेश भएका प्रअ गिरीले अदालतबाट आदेश भए बमोजिमको धरौटी रकम जम्मा गरेर तारेखमा छुटेका छन् । त्यस्तै, पुर्पक्षको ओदश भएका सो विद्यालयका परिचर मिश्रलाई थुनामा राख्न जेल चलान गरिएको ज्ञवालीले बताए । उक्त मुद्दामा सुरुका दिनमा परिचर मिश्रले प्रंहरी समक्ष प्रअ गिरीको निर्देशनमा आगो लगाएको बताएको भएता पनि आदालतको वयानमा ‘म आफैले मात्रै सो काम गरेको हुँ, यसमा प्रअको हात छैन’ भन्दै भगवान् कमस खादै बयान दिएका थिए । प्रहरी हिरासतमा रहदा मिश्रले दिएको बयानमा प्रअलाई पोले पछि गिरीलाई पक्राउ गरिएको थियो । सोही बयानका आधारमा केही व्यक्तिले प्रअका विरुद्धमा किटानी जाहेरी दिएका थिए । त्यही निवेदनको आधारमा प्रहरीेले प्रअका विरुद्धमा सो मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
प्रअ गिरीले शुरुदेखिनै सो घट्नामा इन्कारी बयान गर्दै आएका थियो भने विद्यालय व्यवस्थापन समिति तथा शिक्षक स्टाफहरू समेतले प्रअ निर्दोष रहेको दावी गर्दै आएका थिए । तर पनि सरकारवादी सो मुद्दामा परिचर र प्रअ दुवैलाई जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत आगलागीमा भएको क्षति १२ लाख ४३ हजार रुपैयाँ बराबरको विगो भराउन र ४ वर्षदेखि १२ वर्षसम्मको कैद गर्न माग गरिएको थियो । सो मुद्दामा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता नारायण बहादुर थापाले प्रअ गिरीको तर्फबाट पाँच जना अधिवक्ताले वहस पैरवी गरेका थिए ।
Post a Comment