गोल्डेन न्यूज संवाददाता
हंसपुर थुम्की पोखरा सम्पर्क समाजको सातौं अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । अधिवेशनले नवराज सुवेदीलाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश केसी, सचिवमा विकास खनाल, सह–सचिव राधादेवी सुवेदी र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा विमल न्यौपाने भुवन सुवेदी, मनबहादुर भुजेल, सुदर्शन पौडेल, रवि खनाल र भेषराज न्यौपाने रहेका छन् । नवनिर्वाचित कार्यसमिति लाई निर्वाचन समितिका संयोजक विजयवावु वनवासीले अविर लगाउँदै प्रमाणपत्र प्रदान गरेका थिए । यसैबीच समाजको २०५७ सालमा निर्माण भएको विद्यान समयानूकुल संशोधन गर्नुपर्ने आवश्यकता महसूस गरी ५ सदस्यीय विद्यान संसोधन उपसमिति समेत गठन गरिएको छ । उक्त समितिमा बद्रि विनोद प्रतिक, शुक्रराज सापकोटा, वयान बहादुर गोदार, राजेन्द्र ओझा र दिवाकर सुवेदी रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकमा संविधान निर्माणपछि विकास निर्माणमा लाग्ने बेला आएको बताए । हंसपुर थुम्की गाविस लगायत कास्की जिल्लाको पूर्वी भेग र लमजुङ्ग जिल्ला सम्मको विकासका लागि आफुले सक्दो प्रयत्न गरिरहेको बताए । मध्य पहाडी राजमार्ग पनि सोही क्षेत्रमा परेको, वेगनासताल, भोर्लेटार सडकको स्तरोन्नतिका लागि ५ करोड विनियोजना भएको बताउँदै उक्त बाटो तालवेसीसम्म यसै वर्ष कालोपत्रे गरिने उनले बताए ।
कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, हंसपुर गाविस का पूर्व अध्यक्ष विजयवावु वनवासी, समाजका पूर्व अध्यक्षहरु क्या.हर्क बहादुर गोदार, रविन पौडेल, धनेश्वर सुवेदी, सल्लाहकार बद्रि विनोद खनाल, रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष खेम बहादुर गुरुङ, वयान बहादुर गोदार लगायतले आ–आफ्नो भनाइ राखेका थिए । समाजका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका आजीवन सदस्यका ८० वर्ष नाघेका १८ जना माता, पितालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा ८१ वर्षका इन्द्रप्रसाद सुवेदी, ८० वर्षका शिवदत्त सुवेदी, ८० वर्षकै गनबहादुर भूजेल, ८१ वर्षकी मायादेवी भूजेल, ८० वर्षकी गोमादेवी न्यौपाने, ८४ वर्षका बुद्धि बहादुर गोदार, ८२ वर्षकी यशोदा ढकाल, ८३ वर्षकी विष्णुमाया सुवेदी, ८५ वर्षका भिममणि सुवेदी, ८७ वर्षकी पूर्णकला गोदार, ८१ वर्षका पुष्पराज पौडेल, ८५ वर्षकी विष्णुमाया खनाल, ८७ वर्षकी कुन्तादेवी सुवेदी, ८४ वर्षका स्थानानाथ न्यौपाने, ९१ वर्षकी मैना पौडेल, ९१ वर्षकै होमनाथ पौडेल, ८१ वर्षकी भगीरथी न्यौपाने र ८५ वर्षका जुन नारायण श्रेष्ठ रहेका छन् । जेष्ठ नागरिकहरुलाई सांसद परियारले दोसल्ला र कदर पत्रले सम्मान गरेका थिए ।

Post a Comment