गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले हाम्रो अभिभारा स्वच्छ पोखरा भन्ने नारालाई उद्घोष गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा सरसफाई गरेको छ । अध्यक्ष शेखर गौतमको अध्यक्षतामा २ सय जनाको सहभागीतामा वृहत सरसफाई गरिएको हो । नेकपा एमाले जिल्ला कमिटी कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङ्गले देश संकटमा परेको बेला पेट्रोलियम पदार्थको अभाव भएको बेलामा अनेरास्ववियुले सुन्दर पोखरा धुवाँ, धुलो, कोलाल, सामाजिक विकृति, फोहरमैला दुर्गन्धीत भएको वेलामा सरसफाई गरेको बताए । अनेरास्ववियुले पोखरेलीलाई सन्देश दिएको उल्लेख गर्दै उनले अनेरास्ववियुले सधैं रचनात्मक काम लिएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सचिव दामोदर बैरागी, सह–सचिव प्रभा कोईराला, नगर संयोजक तेजनारायण अधिकारी, पूर्व जिल्ला सचिवालय सदस्य गजकुमारी गुरुङ्ग क्षेत्र नं.२ का अध्यक्ष जीवन आचार्य, जिल्ला सदस्य गंगा कुवँर, प्रेम नेपाली, लक्ष्मी नारायण अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट वसन्त ताम्राकार, जिफन्ट कास्कीका रुद्र प्रसाद तिमिल्सेना, अनेरास्ववियु केन्द्रीय सदस्य हरिवोल गौतम, पूर्व जिल्ला अध्यक्ष अर्जुन अधिकारी, गण्डकी अञ्चल सचिव भरतमान कोने, युवा संघ कास्कीका अध्यक्ष विष्णु पुन, अनेरास्ववियु जिल्ला उपाध्यक्ष लक्ष्मण तिमिल्सेना, सह–सचिव संजय पौडेल, कोषाध्यक्ष सन्तोष अधिकारी लगायतको सहभागिता भएको अनेरास्ववियु कास्कीका सचिव राजेन्द्र बसौलाले जानकारी दिए । कार्यक्रममा चियापानको व्यवस्था तीर्थ श्रेष्ठले गरेका थिए ।
Post a Comment