गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुदको विकासका लागि सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै पोखरालाई खेलकुदको राजधानी बनाउन कुरा भन्दा काम गरेर देखाउने बेला आएको बताए । उनले धेरै बोलियो अव ब्यवहारमा देखाउन काम गर्नुपर्ने बेला आएको छ । उनले आफनो स्वार्थ खेलकुदको विकास गर्नु बाहेक अन्य नभएको दोहोर्याउदै सम्पूर्ण खेलकर्मीहरु संग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष दिपक कोइरालाले पूर्व अध्यक्षहरुलाई पनि बोलाएर बोल्ने अवसर दिएर खेलकुदमा पुर्याएको योगदानको मूल्याङकन गर्ने अवस्था सृजना कार्यक्रमले गरेको भन्दै खेलकुदको विकासका लागि सवै एक जुट हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलकुदका पदाधिकारी वीच रहेको कटुतालाई अन्त्य गर्दै विकासमा लाग्न आग्रह गरे । पोखरा उपमहानगरपालिकाका बरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले ४ वर्षीय कार्यकाललाई सफल बनाउन सवैसंग सहकार्य अगाडि बढन सुझाव दिए । पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिलिपराज श्रेष्ठले पोखरालाई खेलकुदको शहरका रुपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदमा राजनीति नहुने भन्दै जुनसुकै राजनीतिक पार्टीबाट नियूक्ति भएर आएको भएपनि रगंशालाको गेटभित्र आउदा त्यसलाई त्यागेर खेलकुदको भावनाका साथ काम गर्न आग्रह गरे । नेपाल आर्चरी संघका अध्यक्ष हरिध्वज तुलाचनले पोखराको समग्र खेलकुदको विकासका लागि सवै एकजुट हुनुपर्ने बताए ।
यसैवीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत काठमाडौंमा सम्पन्न राष्ट्रिय बडिबिल्डिङ प्रतियोगितामा ५० केजी तौलमा पदक जित्न सफल खेलाडी सुरेश गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा भलिबल खेलाडी संजु शाह र रमेश केसीलाई नगद प्रदान गरिएको थियो । सनराईज हङकङ स्पोर्टस क्लबले पठाएको ४० हजार रुपैयाँ शाह र केसीलाई जनही २०÷२० हजार रुपैयाँ प्रदान गरिएको थियो । उनीहरुलाई क्षेत्रीय अध्यक्ष पौडेल, जिल्ला अध्यक्ष गुरुङ र उपाध्यक्ष खगेन्द्र गौचनले सम्मान तथा नगद प्रदान गरेका थिए ।
युवा संघ र खेलकुद पदाधिकारी सम्मा
युवा संघ नेपालको हालै राजधानीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा निर्वाचित पदाधिकारी र खेलकुद परिषद तथा पश्चिमाञ्चल क्षेत्र र जिल्ला खेलकुद विकास समितिमा मनोनित पदाधिकारीलाई पोखरामा सम्मान गरिएको छ । पोखराको लेकसाइमा रहेको ओजन कम्प्लेक्सले शनिबार एक कार्यक्रमका वीच युवा संघ अध्यक्ष राजीव पहारी, सचिव माधव बाँस्तोला, राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, जिल्ला सदस्य नुना गुरुङलाई सम्मानपत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, ओल कम्प्लेक्सका संचालक महेन्द्र गुरुङले सम्मान गरेका थिए । सम्मानपछि बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सवैलाई समेटेर अगाडि बढन आग्रह गरे । उलने विगतमा देखिएका गुटउपगुटलाई समाप्त पार्दै अध्यक्ष बन्न सफल भएको भन्दै गुटले कसैलाई फाइदा नगर्ने बताए । अध्यक्ष पहारीले युवा संघ सधंै युवाहरुको पक्षमा रहेको बताउदै युवाहरु उत्पादनशिल काममा लाग्नुपर्ने बताए । उनले युवा संघले आर्थिक विकासलाई तीव्रता दिन जहाँ युवा त्यहाँ उत्पादन भन्ने नारा अधि सारेको बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्त गुरुङले खेलकुदको विकासका लागी सवैको सहयोग र साथ मिल्ने अपेक्षा गरे । कार्यक्रम ओजन कम्प्लेक्सका संचालक महेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन ओम लामाले गरेका थिए ।
नित
नित
Post a Comment