गोल्डेन न्यूज संवाददाता
पोखरा–१३ मा रहेको कमलपोखरी बचत तथा ऋण सहकारी स.स्था लिको सातौं वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनले सहकारीको संचालक समितिको अध्यक्षमा रामबहादुर कार्कीलाई निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा माधव प्रसाद आचार्य, सचिवमा युवराज त्रिपाठी र कोषाध्यक्षमा रमाकान्त सिग्देल रहेका छन् । यस्तै सहकारीको प्रबन्धकमा गाविन्द प्रसाद आचार्य, संचालक समितिको सदस्यहरुमा टिकादेवी पराजुली बराल, काशी बहादुर क्षेत्री, माधव प्रसाद बाँस्तोला मधु, सरिताकुमारी सिग्देल मिरा र मिराकुमारी कार्की रहेका छन् । यसैगरि लेखा समिति संयोजकमा इन्द्रबहादुर कुँवर र सदस्यद्वयमा कल्पना पराजुली बराल र किरण सिग्देल रहेका छन् । किशोरदत्त बराल संयोजक र कृष्ण प्रसाद सिग्देल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि टीका बहादुर कार्कीले आर्थिक एवं सामाजिक योगदानमा कमलपोखरी सहकारीले उत्कृष्ट भूमिका खेलेको बताए ।
संस्थाका अध्यक्ष तारानाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किशोरदत्त बराल, लोकबहादुर कार्की, भिमबहादुर बराल, युवराज त्रिपाठी, प्रेमराज अधिकारी, शारदा रेग्मी सिग्देलले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा रामबहादुर कार्कीले स्वागत मन्तव्य, अध्यक्ष तारानाथ आचार्यले संस्थागत प्रगति प्रतिवेदन, इन्द्र बहादुर कुँवरले लेखा प्रतिवेदन र शिक्षा समिति प्रतिवेदन शिव प्रसाद बरालले प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनलाई साधारणसभाले पारित गरेको छ ।
कार्यक्रममा एसएलसीमा उत्तीर्ण शेयर सदस्यका छोराछोरी, उत्कृष्ट निक्षेपकर्ता, रामबहादुर कार्की, जग्गा खरिमा सहयोग गर्ने लक्ष्मणबहादुर खत्रीलाई सम्मान गरिएको थियो , कार्यक्रम संचालन माधव आचार्य र युवराज त्रिपाठीले गरेका थिए ।
Post a Comment