गोल्डेन न्यूज संवाददाता
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए। नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गरेपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गरेका थिए। समारोहमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी हरु, सुरक्षा अङ्गका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा यादवले नवनिर्वा्चित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गरेका थिए । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो । भण्डारी बुधबार राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति भण्डारी आफ्नो निवास मध्यबानेश्वरबाट विशेष सुरक्षा व्यवस्थासहित राष्ट्रपति भवन शीतलनिवास पुगेकी थिइन् ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्र्वािचत भएकाले नेकपा (एमाले) को उपाध्यक्ष, पार्टी सदस्य र व्यवस्थापिका–संसद्को सदस्यको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन्। राष्ट्रपति भण्डारीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी आफू रहेको पार्टीको जिम्मेवारी र व्यवस्थापिका–संसद्को जिम्मेवारीबाट समेत यही कात्तिक ११ गतेदेखि लागू हुने गरी अलग रहेको उल्लेख गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ,–‘नेपालको संविधानको धारा २९७ बमोजिम २०७२ कात्तिक ११ गते भएको निर्वाचनबाट नेपालको राष्ट्रपति पदमा निर्वाचत भएको सन्दर्भमा यस पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न सो जिम्मेवारीबाट अलग भएको हुँ ।’ आफूलाई राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पु¥याउन सहयोग गर्ने पार्टी, पार्टीका कार्यकर्ता, अन्य राजनीतिक दल, व्यवस्थापिका–संसद्का सबै सदस्य र आमजनतालाई पनि उनले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेकी छिन्।
राष्ट्रपति शितल निवासमा
नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सरेकी छन् । पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गरेकी हुन् । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गरेकी हुन् । उनी यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वर स्थित आफ्नो निवास बस्दै आएकी थिइन । पत्रकारसँग कुरा गर्र्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताएन ।
पुत्ला जलाइयो
पुत्ला जलाइयो
राष्ट्रपतिको रुपमा सपथ खाएकै दिन विद्या भण्डारीको वीरगञ्जमा पुत्ला जलाइएको छ । वीरगंजको घण्टाघर चौकमा बिहीबार दिउसो संघिय समावेसी मधेशी युवा मोर्चाले नवनिर्वाचित राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको हो । राष्ट्रपति भण्डारी मधेश विरोधी रहेकाले उनको पुत्ला दहन गरिएको मोर्चाका नेता ओम प्रकाश सर्राफले बताए । पुत्ला दहन पछि आयोजित कोणसभालाई युवा नेताहरु ओम प्रकाश सर्राफ, इश्वरचन्द्र यादव, सन्जय यादव, फिरोज बादशाह, शीवजी सोनी, रोशन पटेल लगायतकाले सम्बोधन गरेका थिए । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
डा. यादवको बिदाई
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई शीतल निवासबाट विदाइ गरिएको छ नवनिवाएचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेसँगै एक कार्यक्रमको बीच यादवको बिदाइ गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत शीर्ष नेताहरुको उपस्थिति थियो । समारोहपछि उनी शीतल निवासबाट बाहिरएका थिए। उनी शीतल निवासबाट ललितपुर को बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको घरमा बस्ने छन् ।
राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण र निर्वतमान राष्ट्रपति रामवरण यादवको विदाइ कार्यक्रम थियो। कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत पनि उपस्थित थिए। नेपालका लागि भारतीय राजदूत रन्जित रे पनि कार्यक्रममा उपस्थित थिए। भण्डारीको सपथ ग्रहणपछि शीतल निवासको प्रभास हलमा भएको यादवको विदाई समारोहमा भित्र पस्न खोज्दा राजदूत रे झुक्किए। साँझ पाँच बजेबाट हुने भनिएको यादवको बिदाई समारोहमा जानुअघि भवनको मूल प्रवेशद्वारमा रेले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग कुराकानी गरे। केहीबेर कुराकानी गरेपछि उनी मूल प्रवेशद्वारबाटै भित्र पस्न खोजे। तर त्यहाँ खटिएका नेपाली सेनाका अधिकारीले उनलाई अर्को ढोका प्रयोग गर्न आग्रह गरे। त्यसपछि रे अर्को बाटो प्रयोग गरी प्रभास हल प्रवेश गरे।
यसअघि डा. यादवको विदाई कार्यक्रममा निवर्तमान राष्ट्रपति यादवलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा, माला र भगवान गौतम बुद्धको मूर्ति उपहार दिएका थिए। त्यस्तै नेपाली सेनाका निवर्तमान परामाधिपति समेत रहेका यादवलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काँचमा भरिएको कलश उपहार दिए। राष्ट्रपति कार्यालयका तर्फबाट सचिव टेकाप्रसाद ढुंगानाले नेपाली ‘ल्याण्डस्केप पेन्टिङ’ उपहार दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा दिएर यादवलाई विदाइ गरिन्।
यसैबीच गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निवार्चित विद्यादेवी भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बधाई दिएका छन्। भारतीय राष्ट्रपति मुखर्जीले आफ्नो बधाई सन्देशमा चुनौतिपूर्ण समयमा राष्ट्रप्रमुख बनेको भन्दै भण्डारीको अभिभावकत्वमा नेपाल नेपाली जनताको चाहना अनुसार शान्ति र दिगोपना र विकासमा अघि बढ्ने विश्वास लिएको बताएका छन्। उनको सन्देशमा भनिएको छ, ‘निकटतम मित्र र छिमेकीको नाताले भारतले सधैं नेपालसँगको सहयोग र सहकार्यलाई नेपाली जनता र नेपाल सरकारको इच्छा अनुसार बढावा दिने छ।’ उनले राष्ट्रपति भण्डारीसँग दुई देशबीचको समझदारीलाई अझ बलियो बनाउँदै सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
Post a Comment