0
नेकपा एमालेले यसपटक सिनियर नेतालाई मन्त्री बनाउने भएको छ । सुशील कोइरालाको मन्त्रीपरिषद्मा एमाले मन्त्री बढी आलोचित भएपछि यसपटक माथिल्लो तहकै नेता पठाउने योजना एमालले बनाएको हो । ार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अधिल्लो आरोप चिर्न सक्षम र योग्य नेतालाई मन्त्री बनाउन लागेको जानकारी गराए ।
 
यसपटक मन्त्री बन्न सांसद हुनुपर्ने अनिवार्य व्यवस्था छ । बिषयगत दख्खल भएका नेतालाई एमालेले मन्त्री बनाउन खोजेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पनि राम्रा योग्य आफ्नो मन्त्रिपरिषद्मा राख्ने सोचमा रहेका छन् । मन्त्री मण्डलमा उपाध्यक्ष भीम रावल नभए उपमहासचिव बिष्णु पौडेल वा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे मध्ये एक जाने छन् । उपप्रधान सहित गृह एमाओवादी र उपप्रधान सहित परराष्ट्र राप्रपा नेपाललाई दिन औपचारिक सहमति गरिसकेपछि एमालेले अर्थ, सञ्चार, स्थानीय शिक्षा जस्ता मन्त्रालय पाउने भएको छ । संविधान लेखन प्रकृयामा अध्यक्ष ओलीलाई महत्वपूर्ण सहयोग गरेका माधव नेपालका पनि विश्वासपात्रका रुपमा रहेका रावल मन्त्रीमण्डलको पहिलो नम्बरमा छन् । त्यसपछि बिष्णु पौडेल र अर्थ मन्त्रीमा सुरेन्द्र पाण्डे रहेका छन् । माधबकुमार नेपाल प्रधानमन्त्री छदा गृहमन्त्री राम्रोसँग चलाएको विश्वासले रावल पहिलो नम्बरका दावेदार रहेका हुन् । यस्तै उपाध्यक्ष युवराज ज्ञवाली पनि मन्त्रीको लाइनमा रहेका छन् । सचिव हुदै उपाध्यक्ष भएका ज्ञवाली मन्त्रीको लाइनमा भएका हुन् । अघिल्लो पटक अर्थमन्त्री हुँदा राम्रो काम गरेको भन्दै पाण्डेलाई नै यहि अर्थ मन्त्रालयमा लैजाने सोच पनि छ । यस्तै प्रकाश ज्वाला, गोकर्ण बिष्ट थममाया थापामगर, रविन्द्र अधिकारी दुई–दुई पटक धनुषाबाट निर्वाचन जितेका सत्रुधन महतो पनि मन्त्रीका दावेदार मानिएका छन् । त्यस्तै विदेश नीति बुझेका ओलीका विश्वासपात्र डा.राजन भट्टराई पनि मन्त्रीका बलिया दावेदार हुन् । यता ओलीलाई नै प्रधानमन्त्री बनाउने लागेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना सम्धी सोमप्रसाद पाण्डे पनि मन्त्री बनाउने चर्चा रहेको छ । सुदुरपश्चिमबाट भीम रावल मन्त्री हुन नसके बैतडीका दामोदर भण्डारी मन्त्रीको लाइनमा रहेका छन् । यस्तै एमालेका केन्द्रीय सदस्य एवं थारु नेता बैजनाथ चौधरी पनि मन्त्री बन्ने दौडधुपमा रहेका छ । पश्चिम तराइमा चलिरहेको थारु आन्दोलनको बास्तविकता थाहा पाएका चौधरीलाई एमाले नेतृत्वले मन्त्री बनाउने तयारी गरेको बताइन्छ । भने मधेशैबाट नागेन्द्र चौधरी, वंशीधर मिश्र पनि उतिकै चर्चा रहेको छ ।
 
यस्तै ओलीका अर्का विश्वास पात्र भानुभक्त ढकाल पनि मन्त्री पाउने सम्भावना रहेको रातोपाटीमा खबर छ । अघिल्लो सरकारमा काठमाडौंबाट हिसिला यमीलाई हराएका रामवीर मानन्धर मन्त्री बन्ने दाउमा देखिन्छन । कर्णाली अंचलबाट मुगुका मोहन बानियाँ मन्त्री बन्ने चर्चा छ । अहिलेका प्रमुख सचेतक अग्नि खरेलले कानुनमन्त्री बन्ने संम्भावना रहेको छ । प्रमुख सचेतकको राम्रो भुमिका खेलेका खरेल ओलीले पनि मनपराएका व्यक्ति हुन् । उनको भूमिका राम्रो भएकोले ओलीले मन्त्री बनाउने सक्ने स्रोतहरु बताउँछन् ।

Post a Comment

 
Top