गोल्डेन न्यूज संवाददाता
सिटी रेवानले पोखरामा आयोजना गर्न लागेको चौथो सिटी रेवान दशै महोत्सव तथा फुड फेष्टिबलको तयारी पूरा भएको छ। महोत्सव स्थलको व्यवस्थापन, स्ट्रल बुकिङ, प्रचार–प्रसार लगायतका सम्पूर्ण तयारी पूरा भएको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए । पोखरा रङ्शालामा असोज २२ गते शुक्रबारदेखि शुरु हुने महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ । महोत्सव उद्घाटन पूर्व बाजागाजा र झाँकी सहितको ¥याली निकालिने छ ।
पोखराको मानव अधिकार चोकबाट शुरु हुने ¥याली नयाँबजार, पृथ्वीचोकहुदै रङ्गशालामा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ। सिटी रेवानले महोत्सवमा सहभागि भएर सफल बनाउन सवैलाई आग्रह गरेको छ । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको आकर्षणमा लोक दोहोरी गीत प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, चर्चित कलाकारको प्रस्तुती, एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगिता, बाल उद्यान र दशंै उपभोग्य बस्तुहरुको प्रदर्शनी रहने छ । महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा एक सय ८० स्ट्रल रहने छन् । व्यवसाय प्रयोजनका एक सय ५०, रेष्टुरेण्टका १०, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका २० स्ट्रल रहने छन्।
Post a Comment