गोल्डेन न्यूज संवाददाता
वडा प्रहरी कार्यालय बगरका प्रमुख, प्रहरी निरीक्षक अमरबहादुर थापा क्षेत्रीलाई बिदाई गरिएको छ। टोल विकास संस्था वडा समन्वय समिति पोखरा उपमहानगर पालिका वडा नं.३ ले क्षेत्रीलाई बिदाई गरेको हो । प्रहरी निरीक्षक थापा वडा प्रहरी कार्यालय बगरबाट सरुवा भई प्रहरी प्रधान कार्यालय तालिम मानव स्रोत विकास विभाग अन्तर्गत तालिम निर्देशनालयमा जान लागेका हुन्। करिव १५ महिना वडा प्रहरी कार्यालय वगरमा रहेका प्रहरी निरीक्षक थापालाई पोखरा उपमहानगर पालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल र टोल विकास संस्था वडा समन्वय समिति पोखरा–३ नदस्पुरका संयोजक विष्णुशंकर खुवाउजुले अविर खादा र मायाँको चिनो प्रदान गरि विदई गरेका थिए । कार्यक्रममा वडा नगारिक मञ्च, विभिन्न संघ संस्थाका प्रतिनिधि, आमसमूहले प्रहरी निरिक्षक थापालाई खादा तथा अविर लगाई विदाई गरेका थिए । कार्यक्रममा वडा प्रहरी कार्यालय वगरमा १५ महिनाको समयमा प्रहरी निरीक्षक थापाले नागरिकहरु संग हातेमालो गरेर काम गरेको भन्दै प्रशंशा व्यक्त गरेका थिए। यस क्षेत्रमा प्रहरी निरिक्षक थापाले शान्ति सुरक्षाका लागि खेलेका भूमिका अतुलनीय रहेको बताउँदै उनीहरुले जहाँ रहे पनि यस क्षेत्रको शान्ति सुरक्षामा चासो राख्न आग्रह गरे । कार्यक्रममा प्रहरी निरीक्षक थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई आभार प्रकट गरे। मेरो कार्यकालमा जो जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभयो उहाँहरुलाई म यसै कार्यक्रम मार्फत धन्यवाद दिन चाहन्छु थापाले भने–म यहाँ नरहेपनि यस तपाईहरुले मलाई फोन गनुहोस् म जहाँ रहेपनि सहयोग गर्न तयार छु । उनले वडा प्रहरी कार्यालय वगर हात भित्र निर्माण गरिएको मन्दिरमा सहयोग गर्ने सहायोग दातलाई समेत धन्यवाद दिदै आगमि दिनमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा नेपाल प्रहरीको नदीपुर विटमा सहयोग गर्ने सहयोग दातलाई सम्मान गरिएको थियो । नदीपुर विटका लागि आवश्यक पर्ने सामग्रीहरु सहयोग गर्ने सहयोग दातलाई सम्मान गरिएको नदीपुर विटका प्रमुख प्रहरी हवल्दार हेमबहादुर क्षेत्रीले जानकारी दिए ।
Post a Comment