जीवन बराल संघर्ष द्वारा सिर्जित यस “टुहुरो छोरो टुहुरो” नामक उपन्यास हालै मात्र प्रकाशित भै मैले पनि वाचन गर्ने सौभाग्य प्राप्त गरेकोमा आँपूm एकदमै प्रफुल्लित भएको छु । लेखक संघर्ष ले आफ्नो भोगाई हो या काल्पनिक कथावस्तु जे भएपनि एउटा मानिसको जीवनमा आइपर्ने र पार गर्नुपर्ने विभिन्न आरोह–अवरोहहरुलाई यसै उपन्यास मार्फत ‘प्रकाश’ र ‘निरु’ नामको दुई पात्रको माध्यमबाट कलात्मक ढंगले एउटा वियोगात्मक कथावस्तुको रुपमा पस्किनु भएको छ । मानिसले जन्मेदेखि मृत्युपर्यन्त भोग्ने भोगाईहरुलाई यसै कृति मार्पmत् पाठकहरु समक्ष सम्प्रेषण गर्नुभएको यसै उपन्यासका लेखक आँफुपनि अत्यन्त मृदुभाषी, सहयोगी, अति लगनशील एवं संघर्षशील व्यक्तित्व हुनुहुन्छ । लेखक जीवन बराल ‘संघर्ष’ सिर्र्जनशिल छवी भएका व्यक्तित्व हुन भन्ने कुरा पनि यसै उपन्यासमार्पmत प्रष्ट हुन्छ । मैले यो उपन्यास पढिरहँदा मेरा आँखाहरु रसाएर ओभाउन सकिरहेका थिएनन् । वास्तवमै यो एउटा दर्दनाक प्रेम कहानी हो । मानिसको जीवनमा आईलाग्ने समस्या, उतार–चढाब, दुःख, पिडा, हर्ष, विस्मात्, षड्यन्त्र, धोका, सोझा माथि हाम्रो समाजमा हुने थिचेमिचो, सच्चा चरित्रमाथिको सामाजिक दृष्छिकोण, व्यधिचारी कीराहरुको आक्रमण,दमन, शोषण र घर–परिवारमा हुुने अर्थिक अभाव, माया–प्रेम, सहयोग, झगडा आदि इत्यादि कुराहरुलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ यसमा । यो रचना अत्यन्तै मार्मिक विषय वस्तुमा आधारित वियोगात्मक एवम् हृदयस्पर्शी छ । एउटा आमाको मायाबाट टाढिएको “प्रकाश” बाबुको पनि मृत्युपछि नितान्त टुहुरो हुनपुग्छ । फुपू “निशा” को लालनपालन र लाड प्यारको बीचमा “निरु र प्रकाश”को प्रेम कहानीलाई सन्तोषले दिएको योगदान हुँदै विभिन्न विषम परिस्थितिहरुसँग जुद्धाजुदै प्रकाशले पाएका र भोगेका हेपाई दुःख,पीडा, उत्पीडन, धोका, दमन, विश्वासघात, माया, चोट, कष्ट सबैको समिश्रणबाट अन्ततः अर्को टुहुरोको जन्म भएपछि उपन्यास अन्त्य भएको छ ।
तसर्थ पनि यो उपन्यास र यसको कथावस्तुु मेल खाएको छ । अत्यन्तै मार्मिक ढंगले बगिरहेको यस उपन्यासमा कहिँकतै हाम्रा गाउँ–वेशी, मेलापात, चाडपर्व, घाँस–दाउरा, जाडो, गर्मी, वर्षात एवम् विभिन्न बातावरणीय समिश्रण पाईन्छ । कुनै पनि व्यक्ति निपूर्र्ण त हुँदैन नै र पनि लेखकको सिर्जना अरु उपन्यासभन्दा फरक धारबाट विगोगात्मक शैलीमा पूर्णता दिने जर्मको गनुभएको छ । प्रकाश र निरु बिचको प्रेम कहानीमा अन्त्यमा दुई मुटु एकै ठाउँमा एकै चिहान भएको पनि छ । मर्नुअघि प्रकाशको आमा पनि भेट हुन्छिन् । सबै जनाको भेट हुँदा पनि अन्तयमा कथाले वियोगात्मक मोड लिन पुग्छ । प्रकाशनको क्रममा छपाई सम्बन्धि त्रुटिहरु त प्रशस्तै छन् तर पनि यस रचनालाई लेखक “संघर्ष” ले धाराप्रवाह रुपमा अनवरत छ । अन्य कुराहरु त सबै राम्रो लाग्यो । सबै कथामा संयोगात्मक अन्त्य हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै कथालाई वियोगात्मक ढंगले पनि रसिलो पृष्ठपोषण गर्न सकिन्छ भन्ने कुरालाई लेखकले प्रमाणित गर्नुभएको छ । आजसम्म मैले वाचन गरेका उपन्यासहरुभन्दा यस कृतिलाई केही फरक पाएँ । मलाई यो उपन्यास “टुहुरो को छोरो टुहुरो” ले कताकता मन छोएको छ । आगामी प्रकाशनहरुमा यस अंकमा भएका त्रुटिहरु सच्चिनेछन् र अन्य नयाँ सिर्जनाहरु प्नि लेखकले पस्किनुहुनेछ र जमर्को गर्नुहुनेछ भन्ने आशा राख्दै अन्त्यमा लेखकलाई यस कृतिप्रति हार्दिक आभार प्रकट गर्दै सफलताको कामना पनि गर्दछु ।
रबिन्द्र बाबु पौडेल “जेनिथ”
पटिहानी, चितवन
हालः भक्तपुर, चितवन)

Post a Comment