0
गोल्डेन न्यूज संवाददाता
मदरल्यान्ड उच्च मा. वि. मासवार पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत यस वर्षको १५औंैँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । एक महिना अघिदेखि विभिन्न चरणमा संचालन गरिँदै आएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा चारसम्म स्पून रेस, मिठाई दौड, बेलुन ब्रस्ट, म्युजिकल चियर, स्किपिङ आदिजस्ता खेलहरू कक्षागत रूपमा आयोजना गरिएका थिए । कक्षा पाँचदेखि कक्षा दशसम्म निमावि र मावि गरी दुई तहमा बास्केटबल, भलिबल, टेबलटेनिस, बुद्धिचाल, विभिन्न दौड, रिले र एथ्लेटिक्स, टग अफ वार आदि जस्ता खेलहरूको आयोजना गरिएको थियो । कक्षा नर्सरीदेखि कक्षा चारसम्म सम्पूर्ण खेलहरू खुल्ला प्रतिस्पर्धाको आधारमा सञ्चालन गरिएको थियो । मार्च पासबाट उद्घाटन गरिएको समापन सत्रमा सञ्चालित मावि तहको फाइनल खेलमा भलिबलमा छात्र र छात्रा दुबैतर्फ पहेँलो सदन प्रथम भएको छ भने बास्केटबलमा छात्रातर्फ पहेँलो सदन र छात्रतर्फ निलो सदन प्रथम हुन सफल भएका थिए । खेल, सह–कार्यकलाप र पढाइलाई मनोरञ्जनपूर्ण तरिकाले एकैसाथ अगाडि बढाउनका लागि विद्याालयभित्र गठित हरियो, पहेँलो, रातो र निलो गरी चार सदनबीच अन्तर्सदनात्मक रूपमा प्रतियोगिता सम्पन्न भएको खेलकुद कार्यक्रम अन्तर्गतका विभिन्न प्रतियोगितात्म क खेल र तिनीहरूको नीतिजा अनुसार यस वर्षको उत्कृष्ट सदनको उपाधि पहेँलो सदनले जित्न सफल भएको छ । त्यसैगरी खेल खेल्दा खेलाडीहरूमा हुनुपर्ने महत्वपूर्ण पक्ष अनुशासनलाई अवधिभरि उच्च तरिकाले आत्मसात् गर्दै अनुशासन तर्फको उपाधि हरियो सदनले हात पार्न सफल भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका प्रायः सम्पूर्ण विद्यार्थीहरू सयभन्दा बढी खेलहरूमा सहभागी भएको कार्यक्रममा विजयी खेलाडी र सदनलाई विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्मा, प्रधानाध्यापक प्रेमनारायण पोखरेल, संस्थापक तथा छात्रवास प्रमुख विष्णुप्रसाद बराल लगायतका व्यक्तित्वद्वारा पुरस्कार, प्रमाण–पत्र, मेडल र शिल्ड वितरण गरिको थियो । विद्यालयका खेलकुुद विभागीय प्रमुख गङ्गा गुरुङको संयोजकत्व मा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माले खेलमा अनुशासन र खेलका नियमहरू खेलाडीहरूले भुल्न नहुने बताउँदै कार्यक्रमलाई मर्यादित, अनुशासित, उत्साहजनक,  र अनुशासनपूर्वक सम्पन्न गर्न सघाउने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन निमावि इन्चार्ज अजय कुँवर र विद्यालयका सहकार्यकलाप प्र्रमुख सुनिल सुवालले गरेका थिए ।



Post a Comment

 
Top