0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा भैरबले पोखराको नदीपुरस्थित बालमन्दिर उच्च मा.वि.को सभाकक्षमा पिस पोष्टर कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ का पिस पोष्टर कन्टेक्स कमिटी चियरपर्सन सूर्यनाथ कोइरालाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
 
 त्यस अवसरमा बोल्दै उनले लायन्सको नीति नियमलाई पालना गरी विश्वशान्ति अंकित चित्र लेखन गर्ने र नेपालमा प्रथम भए त्यो चित्र अमेरिका जाने र त्यहा छनौट भए सम्मानित हुन पाउने हुँदा सफा, शुद्ध चित्र बनाउन आग्रह गरे । प्रतियोगिताका निर्णायक एवम् बरिष्ठ चित्रकार क्षेत्रलाल कायस्थले प्रतियोगिताको विषयमा जानकारी दिंदै मनभित्रबाट निस्केका भावनालाई चित्रमार्फत प्रस्तुत गर्न सक्नु नै चित्र हो भने । प्रतियोगितामा बालमन्दिर उच्च मावि, नविन उच्च मावि, विन्दवासिनी उच्च मावि, ज्ञानभूमि मावि, कन्या माविका १९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम बालमन्दिर उच्च माविका लोसाङ्ग तामाङ्ग, द्वितीय ज्ञानभूमि िमाविका सुमेश परियार र तृतीय बालमन्दिर उच्च माविकै अभिषेक केसी भएका थिए । कार्यक्रममा बालमन्दिर उच्च माविका प्राचार्य सुशील बस्नेत, नरेन्द्र कुमार श्रेष्ठ, वनोद द्वा, जगत तिमिल्सिना लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top