गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा लेखनाथमा संचालित व्यवसायीक सहयोग इकाई अन्तर्र्गत बैंक, वीमा कम्पनी, वित्तीय संस्था, घरेलु तथा साना उद्योग कार्यालय लगायतका संघ संस्थाहरुसंग समन्वयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम लेखनाथमा सम्पन्न भयो । संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षता भएको कार्यक्रममा अध्यक्ष त्रिपाठीले लेखनाथमा व्यवासय बृद्धि गर्न र साना उद्यम व्यवसायका साथै महिला उद्यमीहरुलाई व्यवसायिक सेवा प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स स्थापना भएको जानकारी गराए । उनले सरोकारवाला संस्थाहरुलाई आफ्ना प्रोडक्टका बारे हेल्प डेक्समा जानकारी दिन आग्रह समेत गरे । लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरीले नेपालमा नै पाइलट प्रोजक्टको रुपमा संचालन भएको यस कार्यक्रमले साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विकास गर्नका लागि टेवा पुर्याउने र हेल्प डेक्सबाट पर्याप्त जानकारी लिई आफ्ना व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद आचार्य, लेखनाथ नगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारी, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल, कामना विकास वैंक लि.का लेखनाथ शाखा प्रमुख हरिवहादुर वुढाथोकी, मुक्तिनाथ विकास वैंक लि.का पावरहाउस शाखा प्रमुख केशवराज पौडेल, सिटी डेभलपमेन्ट वैंक लि. शिशुवा शाखाका शाखा प्रमुख राजेश त्रिपाठी, एभरेष्ट वैंक लि. तालचोक शाखाका शाखा प्रमुख वुद्धि तिवारी, कृषि विकास वैंक लि.लेखनाथ शाखा प्रवन्धक रामकृष्ण थापा, एपेक्स डेभलपमेन्ट वैंक लि.का तालचोक शाखा प्रमुख भोजराज सुवेदी, मेट्रो डेभलपमेन्ट वैंक लि. का शाखा प्रमुख पुष्पमणि भण्डारी, माछापुच्छ«े वैंक लि.लेखनाथ शाखा प्रमुख मनोज बराल, नेपाल ईन्स्युरेन्स क.लि.का शाखा प्रमुख ईश्वरवहादुर अधिकारी, दिपक तिवारी, सगरमाथा ईन्स्युरेन्स क.लि.का शाखा प्रमुख कविराज पौडेल लगायतले आ–आफ्ना संस्थाका कार्यक्रम तथा योजनाहरुका बारेमा जानाकरी दिदैं यस्तो डेक्सले आफ्नो संस्थालाई पनि फाइदा पुग्ने र आफूहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोपीचन्द्र बाँस्तोला, सल्लाहकार विमला थापा बस्नेत, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, कार्यसमिति सदस्य ऋषिराम जमरकट्टेल, उपेन्द्रराज सुवेदी, डिलकुमारी दाहाल, राधा सापकोटा लगायतको सक्रिय सहभागिता रहेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा डेक्सका सम्पर्क व्यक्ति पवित्रा श्रेष्ठले सम्पूर्ण सहभागीलाई सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा संघका कार्यालय प्रमुख बद्रीनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Post a Comment