0
गोल्डेन न्यूज संवाददाता
पो.उ.प.म.न.पा वडा न २५ कालावाङ्ग घरेडीमा संचालित होमस्टेमा जेएमडिआई होस्ट परियोजनाको सहयोगमा २ दिने प्राङ्गारिक खेती (अर्गानिक फार्मिङ) तालिम सम्पन्न भएको छ । बुधबारदेखि सञ्चालित तालिममा होमस्टे सञ्चालक र गाउँवासी गरी ३० जनाको सहभागिता थियो । तालिमको प्रशिक्षण कृष्ण न्यौपाने र कृष्ण अधिकारीले दिएका थिए भने सहजीकरण होस्ट परियोजनाको जिल्ला कार्यक्रम संयोजक राजु राईले गरेका थिए । दुई दिने संक्षिप्त तालिममा माटो परीक्षण (अम्लिय तथा क्षारीय), जैविक विषादी, जैविक मल तथा प्रङ्गारिक मल बनाउने, प्रयोग गर्ने तथा त्यसबाट हुने फाईदाका बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण र तालिम दिईएको थियो । ‘उचित ज्ञान र सिपको अभावले सोचे अनुरुपको कृषि उपज नभएको र कृषिप्रति रुचि कम हुँदै गएको बेला यस तालिमले होमस्टेमा महत्वपूर्ण योगदान खेल्नेछ’ होम स्टे सञ्चालक राजेन गुरुङ्गले बताए । जेएमडिआई होमस्टे परियोजना र एसियन फोरमलाई धन्यवाद दिदै १८ घरमा मात्र होमस्टे सञ्चालन भएपनि आवश्यक खाद्य सामाग्री बजारबाट नल्याई यही अन्य घरबाट उपयोग हुने जानकारी दिदै कार्यक्रमको समापन होमस्टेका उपाध्यक्ष प्रकाश चन्द्र गुरुङ्गले गरे । ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वावलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानिय संस्कृतिलाई होमस्टे मार्फत प्रर्वद्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनाको  कार्यान्वयन एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कार्यान्वयन गरिआएको छ ।

Post a Comment

 
Top