गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नम्बर २६ स्थित लब्ली हिल बन्ने स्थानमा एक ब्यक्ति मृत भेटिएका छन् । पोखरा २२ आर्वा्विजय घर भई हाल पोखरा उपमहानगरपालिका वडा नम्बर ८ बगालेटोल बस्ने ३७ बर्षीय गजेन्द्र भनिने निरज बराल मृत भेटिएका हुन् । बुधवार बिहान देखि घरबाट निस्किएका उनी विहिवार दिउसो ३ बजे सडक कुनामा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिए । उनको टाउकोमा गम्भिर चोट लागेको छ । सडक माथिको डिलबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । तर उनलाई माथिबाट कसैले खसालेको हो वा आफै खसेको भन्ने बारे अनुसन्धानको बिषय रहेको प्रहरीले जनाएको छ ।
मृतकका परिवारले भने उनको हत्या भएको बताएका छन् । बुधवार विहान ११ बजे मोटरसाईकलमा पेट्रोल हाल्न भन्दै घरबाट निस्किएका उनी दिउसो अवेरसम्म नफर्किएपछि श्रीमती मधुले लगातार मोवाईलमा फोन गरिरहिन् । मोवाईलमा फोन जाने तर नउठाउने भैरह्यो । साँझ, राति, भोलिपल्ट विहानसम्म मधुले श्रीमानलाई सम्पर्क गर्ने कोशिष गरिरहिन् । बिहिवार दिउसो २ बजेपछि मोवाईल फोनको स्वीच अफ भयो । त्यसपछि झनै उतलिएकी उनले दाजु वसन्त बराललाई सम्पर्क गरी भाई अर्थात् आफ्नो श्रीमान् हराएको जानकारी दिईन् । वसन्तले प्रहरीमा खबर गरे र प्रहरीले खोजी सुरु गर्दा उनी सो स्थानमा मृत भेटिए । घटनास्थलको प्रकृति हेर्दा उनी माथिबाट सडक कुनामा खसेर ज्यान गएको देखिन्छ । उनको टाउकोमा गम्भिर चोट छ भने खुट्टा भाचिएका छन् । उनले प्रयोग गर्ने ग८प ५९३० नम्बरको हिरो सुपर स्पिन्डर मोटरसाईकल भने सडकको घुम्तिमा भेटिएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान थालेको छ । उनले ज्योतिषी काम पनि गर्थे । मृतकको शब पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । विगत १८ बर्षदेखि बगालेटोलमा धैर्य दाना उद्योग सञ्चालन गर्दै आएका मृतक बरालको श्रीमती, ७ बर्षीय छोरी र तीन बर्षीय छोरा छन् ।
Post a Comment