0
 विहिवार बिहानदेखि बेपत्ता पोखरा अल्ट्रालाईटको एयरक्राफ्ट जहाज शनिबार भेटिएको छैन । दुई दिन सम्म खोजी गरेपनि जहाज र त्यसमा सवार पाईलट तथा यात्रु दुबै सम्पर्कमा नरहेका पोखरा विमानस्थलले जनाएको छ ।
विहीवार पोखरा विमानस्थलबाट बिहान १० बजेर ३५ मिनेटमा यात्रु लिएर उडेको नाइन एन ए एल आइ कलसाईनको क्लोज एयर क्राफ्ट जहाज उडान भरेको ६ मिनेटमै सम्पर्क विहिन भएको थियो । एक घण्टाको लागि यात्रु लिएर अन्नपुर्ण क्षेत्र तर्फ उडेको जहाजको अबस्था अझैपनि पत्तो लाग्न नसकेको हो ।
 
जहाजको अन्तिम सम्र्पक १० वजेर ४१ मिनेटमा भएको थियो । जहाज ११ वजेर ३५ मिनेटमा पोखरा विमानस्थल फर्किसक्नुपर्ने थियो । जहाजमा पाइलट रसियन नागरिक ६० बर्षिय भ्यालरी बुटिन सहित यात्रु साउथ अफ्रिकन नागरिक ५० बर्षीय एलिजा वेथ वेल सवार थिए । शुक्रवार पनि दिनभर खोजी गरिएको भएपनि नभेटिएको हो । शुक्रबार नभेटिएपछि शनिबार समेत खोजी सुरु भैसकेको छ । जहाज सहित दुबै जनाको अबस्था अज्ञात छ । वेपत्ता जहाजको खोजीको लागि दिनभर पोखरा अल्ट्रालाईटको अन्य एयर क्राफ्ट तथा हेलिकप्टर परिचालन गरिएको भएपनि कुनै जानकारी पाउन सकिएको छैन । जहाज दुर्घटनामा परेको आशंका गरिएको छ ।
 
पोखरा अल्ट्रालाईट कम्पनीले भित्त्र्याएको दुई वटा क्लोज एयर क्राफ्टले गत बर्षको कार्तिक १० गते देखि उडान थालेको थियो । जर्मनीबाट प्रति जहाज तीन करोड रुपैयाँको दरले ६ करोड लगानीमा भित्र्याएको दुई मध्य एउटा सम्पर्क बिहिन भएको हो । एयरक्राफ्टको शनिबार पनि खोजी गरिने कम्पनीले जनाएको छ ।

Post a Comment

 
Top