गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लामा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरुको छाता संगठन मानसिक स्वास्थ्य संजाल कास्कीले २४औं मानसिक स्वास्थ्य दिवस पोखरामा विविध कामर्यक्रमको आयोजन गरि गरेर मनाएको छ। मानसिक स्वास्थ्य दिवस अन्तर्गत सञ्जालले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीबाट प्रभातफेरी ¥याली निकालेको हो । जनस्वास्थ्य कार्यालय कास्कीबाट शुरु भएको प्रभातफेरी ¥याली रानिपौवा, महेन्द्रपुल, चिप्लेढुङ्गा हँुदै मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो। ¥यालीको औपचारिक शुरुवात जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले गरेका थिए। दिवसको अवसरमा पश्चिमाञ्चल विकास क्षेत्रमा मानसिक स्वास्थ्य सवालमा उत्कृष्ट कार्य गरेवापत कोपिला नेपाललाई सम्मान गरिएको थियो। सोहि अवसमार मानसिक महत्व भन्ने विषयमा आयोजन गरिएको उच्च मावि स्तरिय निबन्ध प्रतियोगीता विजय विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो। प्रतियोगितामा सन्तोष गुरुङ प्रथम, आस्था पौडेल द्वितीय र अम्विका थापामगर तृतीय भएका थिए। उनिहरुलाई नगद एक हजार पाँच सय, एक हजार, पाँच सय र प्रमाण पत्र वितराण गरिएको थियो ।
दिवसकै अवसमार वि जी अस्पतालमा निःशुल्क मानसिक स्वास्थ्य जाँच सेवा तथा नेपाल हाउसद्धारा मनोविमर्श सेवा प्रदान साथै कोपिला नेपालद्धारा एक हप्ताका लागि निःशुल्क मनोविमर्श सेवा प्रदान गरिएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदी, कोपिला नेपालकी कार्याकारी निर्देशक विना सिलवाल, कार्यक्रम संयोजक तीर्थबहादुर थापाले बोलेका थिए।

मानसिक स्वास्थ्य संजाल कास्कीका संयोजक डा.निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मनोसामाजिक विमर्श मञ्चकी अध्यक्ष जमुना शर्माले गरेकी थिईन्। सञ्जालमा कोपिला नेपाल, वि.जि अस्पताल, नेपाल रेडक्रस सोसाईटि कास्की शाखा, नौलो घुम्ती नेपाल, नेपाल हाउस कास्की , सि वि आर एस, बाल सुधार गृह, मनोसामाजिक मनोविमर्श मञ्च, सि डब्लु इ एस रहेका छन्।
Post a Comment