0
गोल्डेन न्यूज संवाददाता
संविधानसभाबाट ०७२ असोज ३ गते जारी नेपालको संविधानका अन्तरवस्तुका बारेमा जानकारी गराई सचेतना पु¥याउने उद्देश्यले सोमवार पोखरामा अनुशिक्षण कार्यक्रम सम्पन्न भयो । स्थानीय शान्ति समिति कास्कीद्वारा आयोजित कार्यक्रममा सहभागीहरुले ठूलो संघर्षपछि नेपाली जनताले आफ्ना अधिकार आँफै लेखेर संविधान सभामार्फत संविधान जारी गरेको भन्दै संविधानलाई  संस्थागत गरी प्रभावकारी कार्यान्वयनमा जोड दिए । संविधानलाई केही समुदाय बाहेक धेरैले स्वीकार गरेको तथा कमिकमजोरी भएमा सुधारका लागि संशोधनको व्यवस्था भएको भन्दै सहभागीहरुले संविधानको अपनत्व ग्रहण गर्दै आवश्यक कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्ने तर्फ एकताबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताए ।
 
नेपालमा जन्मिएका बाबु वा आमा पत्ता नलागेका नागरिक नागरिकहरुलाई पनि नेपालको बंशजको नागरिकता दिने व्यवस्था, मौलिक हकहरु,  स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका, समावेशीता जस्ता मूलभूत बिषयहरुमा संविधान उत्कृष्ट रहेको सहभागीहरुको धारणा थियो । अनुशिक्षण कार्यक्रममा  संविधानको प्रस्तावना, प्रारम्मिक र नागरिक कताको व्यवस्थाबारे स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, मौलिक हक तथा कर्तव्यका बिषयमा अधिवतmा गिरधारी सुवेदी, शाासकीय स्वरुपका सम्बन्धमा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, न्यायपालिका सम्बन्धमा वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ, प्रदेश तथा स्थानीय कार्यपालिका र व्यवस्थापिकाबारे शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक सरलाकुमारी पाण्डे, संविधान संशोधन बारेमा भएको व्यवस्थाबारे शिव सुनारले सहजीकरण गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेपालको संविधान जारी भएपछि अब सबै मिलेर यसको सफल कार्यान्वयन गर्न सकेमा संघीय शासन प्रणाली कार्यान्वयनमा सहयोग पुग्ने बताए । उनले संविधानका बारेमा स्थानीय तहमा सचेतना अभियान अगाडि बढाउनुका लागि राजनीतिक दलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
 
स्थानीय शान्ति समिति संयोजक रामजी बरालजीवनको अध्यक्षतामा सम्पन्न अनुशिक्षण वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, नेपाली काग्रेसका जिल्ला सचिव युवराज कँुवर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, राप्रपा नेपाल सचिव गणेश ढकाल, एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष गंगा पोखरेल, नेकपा एकीकृतका भीम श्रीष, गैसस महासंघका गोपाल खड्का,मेरुदण्ड पक्षघात संघका हरिकृष्ण शर्मा, नेपाल महिला संघकी कोपीला रानाभाट, राष्ट्रिय मानवअधिकार आयोग पोखराकी निमित्त निर्देशक सम्झना शर्मा, नेकपा माओवादीका अर्जुन छन्त्याल लगायतले संविधानका अन्तर्वस्तुबारे आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन इन्सेक पश्मिाञ्चलका क्षेत्रीय संयोजक शिव खकुरेलले गरेका थिए ।

Post a Comment

 
Top