गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखराका सदस्यहरूको बंगलादेश को रोटरी क्लब अफ ढाका फÞोर्ट सगँ मैत्री सम्बन्ध हस्ताक्षरका लागि रोटरी क्लब अफ पोखराको अध्यक्ष ज्ञानेन्द्र प्रसाद सिग्देलको नेतृत्व मा १२ सदस्यीय प्रतिनिधि टोली बंगलादेश प्रस्थान गरेको छ । रोटरी क्लब पोखराले बंगलादेशको ढाकामा २००२ मा स्थापना भएको रोटरी क्लब अफ ढाका फÞोर्टसगँ भगिनी सम्बन्ध कÞायम गरी द्विपक्षीय सामाजिक कार्यक्रम लगायत अन्तर्राष्ट्रिय स्तरमा रोटरी प्रशिक्षण कार्यशाला संचालन गरिने बताइन्छ । भगिनी सम्बन्धबाट संयुक्त सेवामुलक र अन्तर्राष्ट्रिय सम्बन्ध र शान्ति कार्य गरिने जानकारी कार्यक्रमका संयोजक एवं पूर्ब अध्यक्ष बाबुराम बरालले जानकारी दिए । बंगलादेश प्रस्थान टोलीमा अघ्यक्ष ज्ञानेन्द्र प्रसाद सिग्देल, पूर्ब अध्यक्षहरू क्रमश ः किरण लाल श्रेष्ठ, रामचन्द्र थापा, बाबुराम बराल, केशवराज ढकाल, मिनु श्रेष्ठ कुवँर, गणेश मान सिहँ भण्डारी, ईनर ह्विल क्लब अफ पोखराकी अध्यक्ष दिव्येश्वरी बराल, रन्जना बराल, अन्जु ढकाल, गायत्री थापा, गीता श्रेष्ठ, र डा. राघा भण्डारी, मोहित श्रेष्ठ रहेका छन्।
यसअघि ४ सेपटेम्बर २०१५ मा रोटरी क्लब अफ पुना निगडी सगँ पनि रोटरी क्लब अफ पोखरा ले भगिनी सम्बन्ध गासिसकेको समेत बताइन्छ । रोटरी क्लब अफ पोखरा यस क्षेत्रको सबभन्दा पुरानो क्लब हो । क्लबको स्थापना १९९७ जुन ११मा भएको हो ।
Post a Comment