0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ तल्लो गगन गौंडामा रहेको गोगन उच्चमाविमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णले चारवटा कोठा निर्माण गर्ने भएको छ । प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १का गभर्नर ध्रुवबहादुर थापाले भवनको शिलन्यास गरेका थिए । उनले मंगलबारनै जिल्ला शिक्षा कार्यालयको अनुदानमा बन्न लागेको चारकोठे भवनको पनि शिलन्यास गरे । थापाले लायन्स अन्नपूर्णले बैशाख १२ र २९ गते गएको भूकम्पले क्षति भएको ८ कोठे भवन मध्य चार कोठा निर्माण गर्न लागेको बताउँदै नेपाल भित्रका लायन्सकै उत्कृष्ट लायन्स अन्नपूर्ण भएको बताए ।
 
अन्नपूर्ण लायन्सले अहिलेसम्म १३ वटा भन्दा बढि विद्यालय निर्माण गरेको बताउँदै डिष्ट्रिक्ट ३२५ बी १का ब्लड बैंक निर्माण समितिका चियर पर्सन तथा  कार्यक्रम संयोजक सोनाम स्याङपोेले फ्रेन्च अफ युकेको ६ लाख, एलेक्जेण्डर डेनीलोभ रसियाको १ लाख र लन्सिङ कलेज युकेको १ लाख आर्थिक सहयोगमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णले गाेंगन उच्चमाविमा प्रभावितहको चार कोठे भवन बनाउन लागेको बताए । विद्यालयका प्रअ डम्बर प्रसाद पौडेलले गोंगन उच्च माविमा १४ सय विद्यार्थी रहेको जानकारी गराउँदै भूकम्पले विद्यालयको आठ कोठमा क्षति पुराउँदा पढाईमा केही बाधा भएपनि लायन्स र जिल्ला शिक्षा कार्यलयको अनुदानमा  विद्यालय भवन बन्न लागेको भन्दै खुशी ब्यक्त गरे । भूकम्पले ८ वटा कोठा भत्केको सो विद्यालयमा ४ वटा कोठा लायन्स अन्नपूर्णले र ४ वटा कोठा जिल्ला शिक्षा कार्यालयले निर्माण गर्न लागेको हो । लायन्स क्लब अन्नपूर्णका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले अहिले पनि सरकारी विद्यालयमा १ हजार ४ सय विद्यार्थी हुनुले पनि शिक्षामा गुणस्तरीयता भएको प्रमाण रहेको बताए । उनले अंग्रेजी माध्यम र नेपाली माध्यममा दुई सिफ्टमा गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिइएको भन्दै आफूहरुको सहकार्य शिक्षा क्षेत्रका लागि हुने बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, निर्वतमान प्रअ चन्द्रावती पौडेलले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव दिनेश तुलाचनले गरेको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रअ डम्बर प्रसाद पौडेलले राखेका थिए ।

Post a Comment

 
Top