0
बिहीबार बिहान पोखराको फेवातालमा डुङ्गाबाट खसेर बेपत्ता बनेका डुङ्गा चालक मृत भेटिएका छन् । तालबाराही मन्दिरबाट पर्यटकहरुलाई लिएर फर्किँदै गर्दा दिउँसो साढे साढे १२ बजे डुंगा चालक निशान मगर तालमा खसेर डुबेका थिए । डुबेको दुई घण्टा पछि सशस्त्र प्रहरीको टोलीले उनको शवलाई तालबाट निकालेको थियो । उद्धारका लागि परिचालित सशस्त्र प्रहरीका गोताखोरको टोलीले फेलापारेको थियो । तालबाराही मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा उनी तालमा खसेका थिए । ढुङ्गामा सवार पर्यटकहरु भने सकुशल छन् । उनको शवलाई पोष्टमार्टम का लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छ ।
 
अल्ट्रालाइट बेपत्ता
 
यसैबीच पोखरा विमानस्थल बाट बिहीबार बिहान उडान भरेको एउटा अल्ट्रालाइट विमानसम्पर्क विहीन भएको छ । पोखरा विमानस्थलबाट १०ः३५ मा उडान भरेको अल्ट्रालाइट केहि समय पछि बेपत्ता भएको हो । अल्ट्रालाइटमा रसियन पाइलट भ्यालेरी र विदेशी पर्यटक दक्षिण अफ्रिकाका एलिजा बेथ बेल रहेका थिए । जहाजको खोजिका लागि एउटा हेलिकोप्टर र अल्ट्रालाइट विमान परिचालन गरिएको पोखरा विमानस्थलका प्रमुख दिपक बरालले जानकारी दिए ।


Post a Comment

 
Top