गोल्डेन न्यूज संवाददाता
आर् ईभेन्टस ट्रेनर नेपालले गर्न लागेको ट्रिनिटी मेगा मोडल पोखराको तयारी तीव्र पारिएको छ । मेगा मोडल पोखराको दोस्रो सस्करण असोज ३० गते पोखरा नयाँबजारस्थित दरबारथोक बैक्युटमा हुदैछ । फाइनलमा २० जनाले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए। यसपटक ट्रिनिटी एजुकेशन फाउण्डेशनले टाइटर प्रायोजन गर्ने सहमति भैसकेको गुरुङले बताए । पोखरा रङ्गशालास्थित फोर्ड शो रुममा फोटो शेसनपछि अहिले सहभागिहरुले तालिम लिइरहेका छन् । तालिममा व्यत्तित्व विकास, नेतृत्व विकास, वाककला र ¥याम्प लगायतका विषयमा प्रशिक्षण दिइएको छ। फाइनल अघि असोज २८ गतेसम्म उनीहरु तालिममा सहभागि हुने छन् । विशेष गरि टेलिभिजन विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्न रुचाउने र फेसन सो मा र्याम्प मोडलिङ्ग गर्न इच्छुक युवायुवतीका लागि कार्यक्रम लाभदायक भएको बताइएको छ । अन्य सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक हुने बताइएको यो मोडलिङ्ग प्रतियोगितामा १६ देखि २५ बर्ष उमेरसम्मका युवायुवतीलाई मात्र सहभागि गराइएको छ । यसमा प्रतिस्पर्धीले प्रस्तुती राखिसकेपछि स्टेजमा नै निर्णायकले प्रस्तुतीमाथि टिप्पणी गर्ने छन्। प्रतिस्पर्धीले कुनै सामाग्रीको प्रवद्र्वनात्मक विज्ञापनमा देखाइए जस्तै गरी आफ्नो प्रस्तुति राख्नुपर्ने हुन्छ । उपाधि विजेताले १ लाख रुपैया बराबरको टेलिभिजन विज्ञापन, म्यागजीन तथा होर्डिङ बोर्ड एवं र्याप मोडलिङ्गका अवसरहरु प्राप्त गर्ने छन्। फाइनलमा विभिन्न कलाकारको लाइभ प्रस्तुती, विट बक्सिङ र सालशा नृत्य समेत प्रस्तुत गरिने छ । यसअघि आर् ईभेन्टस्, ट्रेनर नेपालले मिस पोखरा क्विन, मिस थकाली नेपाल, मःम मेला, मिस लेखनाथ, पतञ्जली योग शिविर तथा योगी विकाशानन्दका कार्यक्रमहरु सफलताका साथ आयोजना गरिसकेको छ । त्यसैगरी, ट्रेनर नेपालको व्यवस्थापन तथा समन्वयमा पिपल प्रबद्र्वन, साइकल चढौ, आँखा दान जस्ता कार्यक्रमहरु भै सकेका छन्।
Post a Comment