गोल्डेन न्यूज संवाददाता
नेपाल प्रहरीको ६०औं बार्षिकोत्सव पोखरामा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको आयोजनामा तीन दिने कार्यक्रम सहित प्रहरी दिवस मनाईएको हो । दिवसको अवसरमा शनिवार आयोजित विशेष समारोहका बीच पश्चिमाञ्चल क्षेत्रका विभिन्न युनिटमा रही उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी अधिकृत, जवान, कर्मचारी एवं प्रहरीलाई सहयोग गर्ने नागरिक समाजका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । हरेक बर्ष प्रहरी दिवसको अवसरमा क्षेत्रभरमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान एबं पुरस्कृत गर्ने प्रचलन छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाल, पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन कुमार तिमिल्सिना पुरस्कृत भएका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय बेलटारी नवलपरासीका प्रहरी निरीक्षक जगत बन्धु पोख्रेल, डाडाको नाक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर थापा, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्याल पुरस्कृत भए ।
यसैगरी वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र गोदार, अञ्चल शसस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी नायव निरीक्षक लालधारी चौधरी, क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी हवल्दार जागेश्वर चौधरी, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराकी प्रहरी जवान शुष्मा परियार, कार्यालय सहायक मेख बहादुर विकलाई पनि पुरस्कृत गरिएको छ । उनीहरुलाई पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकज श्रेष्ठले नगद सहित पुरस्कृत गरेका थिए । त्यस्तै नागरिक समाजको तर्फबाट प्रहरीको कामकार्बाहीमा सघाउने सिद्धार्थ नगरपालिका भैरहवा ५ का ओमकार गौचन, जिल्ला अस्पताल पाल्पाका डा. झपेन्द्र ढकाल, बाग्लुङ नगरपालिका १ का दुर्गा बहादुर आचार्य क्षेत्रीलाई सम्मान गरिएको छ । उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राज कुमार बैदवार, क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक शैलेन्द्र रेग्मी, सशस्त्र प्रहरी गण पोखराका प्रहरी निरीक्षक उत्तम प्रकाश बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षकद्वय देविप्रसाद पौडेल र चन्द्रा गुरुङलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधिश डम्बर बहादुर शाहीले सम्मानपत्र प्रदान गरेका थिए । दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली, पुरस्कार बितरण तथा पुनःमिलन समारोहमा यस क्षेत्रका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा पुनरावेदन अदालतका मुख्य न्यायधिश शाहीले नेपाल प्रहरीले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा अझै दृढ भई काममा लाग्न आग्रह गरे । सीमित साधन र स्रोतका बीच पनि देशमा आईपर्ने दैविप्रकाप, प्राकृतिक प्रकोप लगायतका बेला प्रहरीले उत्कृष्ट काम गरेको उनले उल्लेख गरे । सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला, पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष एक नारायण शर्मा र मानवअधिकारकर्मी टेकनाथ वरालले प्रहरीले गरेका कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक श्रेष्ठले दिवसको अबसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । प्रहरी दिवसको अवसरमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको आयोजनामा बिहीवार पोखराको फेवातालबाट चार ट्रक जलकुम्भी झार निकालिएको थियो भने शुक्रवार आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको थियो ।
Post a Comment