पोखरा पर्यटन व्यवसायी यातायात सेवा समिति पोखराका निवर्तमान अध्यक्ष मन्दरा ढकालले पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएकी छन् । क्रियाशील पत्रकार महिला समूह डब्लू.डब्ल. जे कास्कीले शुक्रबार आयोजना गरेको अनुभव आदान–प्रदान कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायमा महिला सहभागिता कम भएकै कारण महिलाले पर्यटन क्षेत्रको नेतृत्व समेत गर्न नसकिएको स्पष्ट पारिन् । पर्यटन जोखिमपूर्ण क्षेत्र भएकोले पनि महिलाहरु यो क्षेत्रमा कम भएको हुन सक्ने उनको भनाइ छ । चार दशक अघि धर्म गेष्ट हाउस पोखराबाट पर्यटन व्यवसाय शुरु गरेकी ढकालले शुरुवाती दिनमा महिला पर्यटन व्यवसायी लाई समाजले हेर्ने दृष्ट्रिकोण सकरात्मक नभएको समेत बताइन । अनेक कष्ट र चुनौतीको सामना गर्दै आफू अघि बढेको भन्दै उनले कुनैपनि क्षेत्रमा महिलाहरु कमजोर होइन, इमान्दार, लगनशील र धैर्यवान भएर काम गरेमा सफलता मिल्ने स्पष्ट पारिन् । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ महिला सभापति बिन्दु कोइराला सुबेदीले लैंगिक समानता मुलक समाज निर्माणका लागि राज्यले महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकास तर्फ ध्यान दिनुपर्ने खाचों औंल्याइन । वानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले संचार माध्यमले महिलाका समाचारहरुलाई प्राथमिकताका साथ प्रसारण गर्नुपर्नेमा जोड दिए । क्रियाशील पत्रकार महिला कास्कीकी अध्यक्ष सरिता तिमिल्सिना पगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर महिला समन्वय समितिका उपाध्यक्ष लक्ष्मी खाँती, पर्यटन यातायात समितिका उपाध्यक्ष रमेश बहादुर खत्री, सदस्य राजु दाहाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सचिव प्रमिला बरालले गरेकी थिइन ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
ब्यापार गतिबिधी
» व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड
Subscribe to:
Post Comments (Atom)
Post a Comment