0
गोल्डेन न्यूज संवाददाता
नेपाल वातावरण पत्रकार समुहले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय स्तरको वातावरण पुरस्कारबाट पोखराका पत्रकार शिव शर्मा पुरस्कृत भएका छन् । काठमाडौं आईतबार एक कार्यक्रमका बीच कान्तिपुर दैनिक पोखरा संवाददाता शर्मालाई  पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ नगदर सम्मानपत्र रहेको छ । समुहले प्रत्येक वर्ष समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस जुन ५ को दिन अघिल्लो वर्षभरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा उत्कृष्ट लेख–रचनाहरु प्रकाशित प्रसारित गर्र्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्दछ । नेवापस पूर्व अध्यक्ष, पत्रकार श्री ओम खड्का, वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ र सदस्य अर्जुन ढकाल सम्मिलित छनौट समितिले पुरस्कृत पत्रकार शर्मालाई वातावरणीय विषयको मर्मलाई आत्मसात गरी समसामयिक सन्दर्भमा स्थानीय विश्लेषण गरी आफ्नै पहलमा नियमित रिपोर्टिङ गरेवापत उत्कृष्ट ठह¥याई पुरस्कृत गर्न सिफारिस गरेको थियो । केही अघि मात्रै शर्माले विश्व बन्यजन्तु कोषले दिने राष्ट्रिय स्तरक विश्व वन्यजन्तु कोष मिडिया संरक्षण पुरस्कार पाए । पत्रकार शर्माले यस अघि लाटोकोसेरा तथा हुचिल उत्सवको अवसरमा राष्ट्रिय  स्तरको प्रकृति संरक्षण पुरस्कार  पाइसकेका छन् । अघिल्लो महिना मात्रै ग्रिनफोर्स युवा क्लब सार्दिखोलाले उनलाई  संरक्षण पुरस्कार दिएको थियो ।

Post a Comment

 
Top